🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनसेलको सबै सेयर बेचेर आजियाटा नेपालबाट बाहिरिने

काठमाडौं । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको  छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। 

सञ्चालक समितिको बैठकले एनसेलको सबै सेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए । 

सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको सेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ । 

सात वर्षअघिदेखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो ।