🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हम्बनटोटा बन्दरगाह चिनियाँ उर्जा कम्पनी सिनोपेकलाई

काठमाडौं। श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न अनुमति दिएको छ ।

सिनोपेक यस वर्ष जुलाईमा श्रीलंकाको बजारमा प्रवेश गरेको थियो । यसको आगामी प्लान्ट श्रीलंकाका लागि ४.५ बिलियन डलरको सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी (एफडीआई) हुने उर्जामन्त्री कञ्चना विजेसेखेराले बताइन् ।

मन्त्रिपरिषद्ले सोमबार चीनको सिनोपेकलाई हम्बनटोटा बन्दरगाहमा नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न स्वीकृति दिएको हो ।

हम्बनटोटा कोलम्बो बन्दरगाह पछि श्रीलंकाको दोस्रो ठूलो बन्दरगाह हो ।

यो बन्दरगाह २०१० मा खोलिएको थियो र सन् २०१७ देखि श्रीलंका बन्दरगाह प्राधिकरण र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाह समूह भनेर चिनिने चाइना मर्चेन्ट पोर्ट्स बीचको संयुक्त लगानीमा व्यवस्थापन गरिएको छ ।

यो बन्दरगाह चीनको एक्जिम बैंकले व्यावसायिक ऋणमा निर्माण गरेको हो ।

श्रीलंकामा चीनको ठूलो लगानी सरकारी स्वामित्वको चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सलाई २०१७ मा हम्बनटोटा बन्दरगाहमा ९९ वर्षको भाडामा र कोलम्बो बन्दरगाहमा लजिस्टीक र भण्डारण हब निर्माण गर्न अर्को मिलियन सम्झौता गरिएको थियो ।