🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय कप्तान रोहित शर्मा टी २० बाट टाढा 

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले अब टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । बीसीसीआई स्रोतका अनुसार रोहित शर्माले एकदिवसीय विश्वकपअघि टी–२० ढाँचाको बारेमा आफ्नो भविष्यका बारेमा छलफल गरेका छन् । 

रोहित शर्माले नोभेम्बर २०२२ मा भएको टी–२० विश्वकप २०२२ बाट भारत बाहिरिएपछि एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । हार्दिक पाण्ड्याले अधिकांश समय टोलीको नेतृत्व गरेका छन् । ३६ वर्षीय रोहित शर्माले १४८ टी–२० अन्तर्राष्ट्रिय खेलमा चार शतकसहित ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

भारतमा रोहित शर्मा बाहेक चार ओपनर शुभमन गिल, यशस्वी जैसवाल, इशान किशन र रुतुराज गायकवाड छन् । यी चार खेलाडीले आईपीएलमा आफूलाई प्रमाणित गरेका छन् । यदि युवा पुस्ताले प्रदर्शन गर्न सकेन भने बीसीसीआईले टी २० विश्वकपका लागि रोहितलाई आफ्नो निर्णय बदल्न आग्रह गर्न पनि सक्छ । रोहित शर्मा आफ्नो करियरको त्यो चरणमा छन् जहाँ उनी आफ्नो कार्यभार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै चोटमुक्त रहन चाहन्छन् ।

रोहित शर्मालाई हरेक वर्ष तीनवटै ढाँचा र आईपीएल खेल्न गाह्रो छ । भारतले डिसेम्बर २०२३ देखि मार्च २०२४ सम्म सातवटा टेस्ट खेल्नुपर्नेछ । भारतीय कप्तानले रातो बलको क्रिकेटमा बढी ध्यान दिने भएका छन् । उनीसँग भारतलाई अर्को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पु¥याउने मौका छ । सन् २०१९ देखि टेस्ट फर्म्याटमा रोहित शर्माको प्रदर्शन राम्रो छ ।