‘मार्सी भात’सँग भिड्ने एमालेको ‘महान गल्ती’ !: प्रचण्डको असफलता नै चौतर्फी संकट
काठमाडौं । राजनीतिक रुपमा विजातीय समूहहरुको गठबन्धनमा बनेको अहिलेको सरकारराजनीतिक संकटलाई मलजल गर्ने बाटोमा लागेको छ । संसदको तेस्रो त्यसमा पनि निकै सानो दल माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् र संसदमा प्रमुख ठूला दल कांग्रेस र एमाले अहिले उनको पिछलग्गु दलजस्ता भएका छन् । संसदमा सरकारको नेतृत्व गर्ने हैसियत नपाएको दललाई नेतृत्व सुम्पिएका कारण मुलुकको खास राजनीतिक अस्थिरता र समस्या किनारा लाग्ने अवस्था हुँदैन । त्यसले संकटमा मलजल गरिरहेको अवस्था छ ।
संसदका सानो दल त्यसमा पनि राजनीतिक नैतिकता कमजोर भएको नेताको नेतृत्वमा बन्ने सरकारबाट धेरै अपेक्षा पनि गर्न सकिँदैन । जुन अहिले नेपाली समाजले ब्यहोरिरहेको छ ।
यो विरोधाभाषी राजनीतिले नागरिकलाई निराश र आक्रोशित बनाइरहेको छ । त्यसको प्रस्फुटन सामाजिक सञ्जालबाट भइरहेको छ । त्यो आक्रोश र निराशालाई अन्य अतिवादी समूहले उपयोग गर्ने खतरा बढ्दै गएको छ । सञ्जालबाट त्यसरी नै विरोध भएका कारणले पनि हुनसक्छ टिकटक बन्द गर्ने महागठबन्ध सरकारको निर्णय ।
अतिवादी समूहले टिकटकमार्फत पनि प्रमुख दलका शीर्ष नेताहरुको चर्को आलोचनामात्र गरेका थिएनन, उनीहरुप्रति समाजमा वितृष्णा नै फैलाएका छन् । यो परिस्थितिको निर्माता यिनै दल र नेताहरु देखिएका हुन् । बालेन, रवि लामिछाने र दुुर्गा प्रसाईहरुको यही राजनीतिक संकटका बाइप्रोडक्ट हुन् । त्यसैले राजनीतिक समझ भएका नागरिकको अपेक्षा भनेको नै प्रमुख दल र तिनको नेतामा फर्किनुपर्ने सद्वुुद्धि नै हो ।
आर्थिक संकट चुलिँदो
सरकारकै कारण राजनीतिक संकट जसरी बढ्दो छ, त्यही अवस्था आर्थिक क्षेत्रमा देखिन थालेको छ । अर्थतन्त्र चौपट भएका कारणले गर्दा कर्मचारीहरुलाई तलब खुवाउन, पेन्सन खुवाउन र हरेक घरको भान्सामा संकट देखिएको छ । प्रत्येक व्यक्तिले जीवन धान्न खर्च कटौती गर्नुपर्ने वाध्यतामा रहेको छ । ठूला उद्योग र कलकारखाना तथा संस्थाहरु कर्मचारी कटौतीमा लागेका छन् । कतिपयले समयमा तलब दिन सकेका छैनन् । अर्थतन्त्रको संकट देखाउन यी उदाहारण नै काफी छन् ।
बजार चलायमान नहुँदा कतिसम्म व्यवसायमा धक्का लाग्न सक्छ भन्ने उदाहरण त तिहारमा सयपत्री फूलको माला विक्री नहुुनुले पनि देखाउँछ । लाखौं लगानीबाट गरिएको फूल खेतीबाट आम्दानी त परको कुरा लगानी उठाउन पनि नसकेको भन्दै व्यवसायी रुँदै काठमाडौँबाट फर्केका छन् । यसले बेरोजगारले ग्रस्त नेपालका साना उद्योगीहरुको अवस्था दर्शाउन काफी छ । अहिले पर्यटन क्षेत्रमा त्यस्तै देखिएको छ । पर्यटन क्षेत्रबाट पनि अपेक्षित आम्दानी भइरहेको छैन भने अन्य निर्माणको क्षेत्रमा काम नहुँदा सिमेन्ट, छड उद्योगहरुले पनिउत्पादन कटौती गरेका छन् ।
वित्तीय संस्थाहरुको त्यस्तै अवस्था देखिएको छ । त्यसैले, सरकारको लक्ष्य अनुसारको राजश्व पनि उठ्न सकेको छैन । यो संकटलाई प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक लिन नसकेको देखिन्छ । हुन त, उनले राष्ट्रिय आर्थिक गोलमेच सम्मेलन गर्ने भनेका थिए । त्यसमा सत्ता गठबन्धन र सरकारी संयन्त्रभित्रै असन्तुष्टि बढेको बताइन्छ । आजै २०८० मंसिर ४ गतेका लागि त्यो छलफल डाकेका छन् । व्यवासयीहरुको आत्मबल कमजोर भएको बेला र दातृ निकायहरुले सहायता कटौती गरेको तथा अन्तर्राष्ट्रिय लगानीकर्ता धमाधम बाहिरिएको बेलामा सरकारले आत्मविश्वास जगाउन के गर्न सक्छ ? भन्ने उपायमाथि मन्थन पनि गरेको छैन ।
चलखेलका प्रयास
देशभित्र आर्थिक र राजनीतिक रुपमा संकट देखिन थालेपछि सामाजिक रुपमा पनि असर देखिन थालेको छ । त्यो असर राजनीतिक दल स्वयम्ले महसुस गरेका छन् । यो संकटको आधार बनाएर कतिपय समूह देशमा धार्मिक द्वन्द्वसमेत सिर्जना खोजिरहेका छन् । सरकारको असफलतासँग निश्चित स्वार्थ समूह द्वन्द्वको परिकल्पना गरिरहेका बेलामा पूर्वराजा ज्ञानेन्द्र शाह पुन राज बन्नेसपना पनि देखिरहेकोउनको भनाई देश भ्रमणको गतिविधिले देखाएको छ । राजतन्त्र पुनस्र्थापनाको उनको त्यो सपना सहजै पूरा हुने अवस्था भने देखिंदैन ।
कपितयले बेलायतमा १२ बर्षपछि राजतन्त्र फर्केका उदाहरणसँग जोडेर कुरा गर्छन् । त्यही उदाहरणमा राजतन्त्र फर्किने ज्ञानेन्द्र शाह राजा हुने अनुमान र विश्लेषण गर्छन् । पूर्वराजा र उनका समर्थको पूरा नहुने त्यो सपनालाई कतिपय शक्तिले दुरुपयोग गर्ने खतरा चाहिँ देखिन थालेको छ । देशभित्रका अस्थिरता चाहने शक्ति र समूहहरु सरकारको असफलतासँग खेल्न खोजिरहेका छन् । त्यसलाई ढाल बनाएर कतिपय विदेशी शक्ति केन्द्र पनि चलखेल गरिरहेका छन् । सरकारलाई कमजोर बनाउँदा निश्चित फाइदाको हिसाब निकालेर वाह्य शक्ति केन्द्र अस्थिरताकै पक्षमा लागेका छन् । त्यो घामजतिकै छर्ल¨ रहेको छ । त्यसैले, अहिले मुलुक खासमा द्वन्द्वको भूमरीमा फँस्दैछ ।
विद्यमान अवस्थामा नेपालमा आफ्नो स्वार्थका लागि खेल्न सफल भारत र अमेरिका नेपालमा राजनीतिक अस्थिरता र वित्तीय संकट सिर्जना गर्न किनचाहछन् भन्ने । जसले गर्दा नेपालको भूमिमा उनीहरुको हैकम चलोस् भन्ने चाहिरहेका छन् ?राजनीतिक अस्थिरतामा खेलेर सरकारलाई चीनविरुद्ध प्रयोग गर्न उनीहरु सक्रिय रहेको विश्लेषण पनि हुन थालेको छ ।
एमालेको गलत निर्णय
आन्तरिक र बाह्य शक्ति केन्द्रले जसरी चलखेलको प्रयास गरेका छन् । र,दुर्गा प्रसाईजस्ता व्यक्तिलाई पछाडिबाट टेको दिएर सडकमा निकालेका छन् । त्यसको प्रतिवाद एमालेले गर्ने तयारी गरेको छ । खासमा एउटा व्यक्ति जो व्यवसाय सञ्चालन गर्न नसकेर औडाहामा भएर छटपटीमा लागेको छ, त्यसका प्रतिवाद गर्ने एमालेको २०८० मंसिर २ गतेको औपचारिक निर्णय आफैमा विवादास्पद र गलत देखिन्छ । ‘‘नेपाल भारतमा मिसिए हुन्छ, जनताले पचास हजारमा मोटर साइकाल चढ्न पाउछन्’’भन्दै राष्ट्रघाती अभिव्यक्ति दिने दुर्गा प्रसाईं । एमाले नै नेता बनाएको मार्सी दुर्गा प्रसाईंअहिले घरखेत सकेर भए पनि एमालेलाई नै सिध्याउछु भनेर बर्बराउने व्यक्तिसँग संसदको दोस्रो ठूलो दल जोरी खोज्न निस्कने प्रयास आफैंमा प्रश्न योग्य छ ।
एमाले आफै चाहिँबाह्य र आन्तरिक शक्तिकेन्द्रहरुको पेलानमा परेको छ । एमालेलाई सबैतिरबाट कर्नरमा पार्ने प्रयास भइरहेको छ । त्यही बेलामा एउटा विवादस्पद व्यक्तिको आन्दोलनको प्रतिवाद गर्नेगरी निर्णय लिनु एमालेका लागि प्रतिउत्पादक हुने निश्चितजस्तै छ । प्रसाईं आफैंमा विवादित पात्र त हुन नै एमाले र माओवादीकै केपी ओली र प्रचण्डका मार्सी भातका होनाहार प्रोडक्ट पनि हुन् । उनीहरुले अनुकूलता अनुसार प्रसाईलाई प्रयोग गरे । उनीहरुको आडमा मेडिकल कलेज सञ्चालनका लागि हौसिएर लगानी पनि गरे । त्यसमा एमाले र माओवादीहरुले नै मेडिकल कलेजको सम्बधन दिन किन रोक लगाए ? त्यसबाट विच्छिप्त भएका प्रसाईलाई एमाले र माओवदीले एकले अर्कोविरुद्ध उपयोग पनि गरे । त्यसकारण प्रसाई एमाले र माओवादीदुवै नेताको कमजोरी बोकेर सडकमा आएका हुन् ।
त्यस्तो व्यक्तिमाथि जाइलाग्ने कुरा एमालेका लागि नसुहाउने कुरा थियो । यो खासमा पछिल्ला दिनमा दुर्गा प्रसाई र महेश बस्नेतको झगडा जस्तो पनि देखिन थालेको थियो । त्यसमा एमाले पार्टी नै प्रवेश गरेर सडकमा हेलिनु चाहिँझन् दुःखद विषय भएको बुद्धिजीवी चर्चा गर्दछन् । (साँघु साप्ताहिक, २०८० मंसिर ४)

प्रतिकृया दिनुहोस