• बिहीबार-असोज-२-२०८२

साफ यू–१७ च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

 

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । 

 

बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुँदैछ ।

 

यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  

 

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समूह 'ए' मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

 

समूह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

 

 

प्रतिकृया दिनुहोस