काठमाडौं । बाणिज्य बैंकहरु मध्येको राम्रो कार्यक्षमता प्रस्तुत गर्दै
आएको ग्लोबल आइएमइ बैंकको २०७४ भदौ २८ गते बसेको संचालक समितिको २७९ औं
बैठकले आफ्ना शेयरधनीहरुका लागि खुसीको सन्देश दिने निर्णय गरेको छ ।
स्वदेशी पुजीमा स्थापित यो बैंक बाणिज्य बैंकहरु मध्येको टपटेनभित्र
पर्दै आएको बैंक मानिन्छ । यो बैंकले २०७३/०७४ को नाफाबाट शेयर धनीहरुका
लागि १० प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ
।
प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिई
बैंकको ११ औं साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको जानकारी भदौ
२८ गते नै ग्लोबल आइएमई बैंकका कम्पनी सचिव विष्णुप्रसाद बा“स्कोटाले
नेपाल स्टक एक्स्चेन्जमा गराएका छन् ।
ग्लोबल आइएमई बेलायतमा
ग्लोबल आइएमई बैंकले जनाए अनुसार, आ।व।२०७३/०७४ मा २ अर्ब ६१ लाख
रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंक संचालक समितिको २०७४ भदौ २८
को २७९ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको
स्वीकृति पश्चात आ।व।२०७३/०७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना
शेयरधनीलाई २० प्रतिशत लाभांश ९ १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद
लाभांस० वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात
बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्ने छ । बैंकले सबै
क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न
स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामाफर्त
आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
बैंकले भारत तथाअष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा
छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको जानकारी पनि सो बैंकले
गराएको छ । १ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको
बैंकको हाल १११ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटीएम, ५
वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा संचालन गर्दै
आएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग
सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत,
दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा
समेत प्रदान गर्दे आइरहेको छ ।



