🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्प प्रभावितहरूको उपचारका लागि तत्काल विशेष कार्ययोजना बनाउन गृहमन्त्रीको निर्देशन

 
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रका असहाय, वृद्धवृद्धा, बालबालिका एवं बिरामी नागरिकको उपचारका लागि तत्काल डाक्टर, औषधीसहित विशेष योजना बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्पबाट प्रभावितहरुको लागि राहत तथा अस्थायी पुनर्बासको व्यवस्थाबारे गृहमन्त्री श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सिंहदरबारमा आज बसेको हो ।

\"\"

उक्त बैठकमा मन्त्री श्रेष्ठले चिसो मौसमको बेला पीडित नागरिकको स्वास्थ्यमा जोखिम रहेको र त्यसलाई तत्काल सम्बोधन गर्न सक्ने गरी औषधी र स्वास्थ्यकर्मीसहित योजना बनाउन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष निर्देशन दिए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई मेरो विशेष निर्देशन के छ भने अहिले वृद्धवृद्धा, बालबच्चा, सुत्केरीको निम्ति डाक्टर, औषधि र अरु आवश्यक केके कुराको व्यवस्थापन गर्नुपर्ने हो तत्काल योजना बनाइहाल्नोस् ।’