🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्तपुरमा घर परिसरभित्र पसेर दुई जनालाई घाइते पार्ने चितुवा समातियो 

भक्तपुर, २४ कात्तिक (रासस) : मानव बस्तीभित्र प्रवेश गरेर गठ्ठाघरका दुई जनालाई घाइते पार्ने चितुवालाई पाँच घण्टापछि नियन्त्रणमा लिएको छ । 

गठ्ठाघरस्थित प्रवीन आयल स्टोरको उत्तरतर्फ रहेको बस्नेत टोलमा स्थानीय पवित्रा सुनारको घर परिसरभित्र पसेको चितुवाको आक्रमणबाट ३३ वर्षीया सङ्गीता आले मगर र  काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षीया अमृता कँडेल आज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार गरी घर फर्काएको उहाँले जानकारी दिनुभयो । दुई घरको बीचमा फसेको चितुवा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय भक्तपुरको टोलीले पाँच घण्टापछि चितुवालाई नियन्त्रणमा लिए डिभिजन वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।–––