🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल-भारत सशस्त्र प्रहरी बल बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न

काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर. लखिमपुर खिरी तथा सेक्टर  हेडक्वार्टर गोरखपुर बिच २०८० कार्तिक २३ गते बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।


       सशस्त्र प्रहरी बल नेपालकाे  नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल (SSB) सेक्टर हेडक्वार्टर लखिमपुर खिरीका डिआईजी जे डी वशिष्ठ तथा सेक्टर हेडक्वार्टर. गोरखपुरका डिआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।

        बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत संभार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान गर्ने लगायतका विषयहरुमा छलफल भएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ  ।

        कार्यक्रममा नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत लुम्विनी प्रदेश अन्तर्गत भारतसंग सीमा जोडिएका जिल्लाहरुका गणका गणपतिहरु र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ  ।