काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यशैलीप्रति मन्त्रालयका कर्मचारी मात्र होइन, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तासमेतले असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीको निर्देशन भन्दा पनि उनी पार्टी सभापति शेरबहादुर देउवापत्नी एवम् नेतृ डा.आरजु राणा र उनका भाई भुषण राणाको योजना र प्रभावमा परेर चल्नेगरेको गुनासो बाहिर आएको छ । जसका कारण मन्त्रालयको काम गराई र कार्यशैलीले मन्त्रालयका उच्च कर्मचारीको मनोवल गिर्दै गएको चर्चा छ । पार्टीका नेता तथा कार्यकर्ताहरु पनि मन्त्रीप्रति रुष्ट देखिका छन् । कांग्रेस पार्टीको सुझावबेगर उनीएकलौटी ढंगले अगाडि बढ्दा मुलुकको अर्थतन्त्र थप कमजोर हुँदै गएको गुनासो पार्टी सभापति देउवासमक्ष पुगिसकेको स्रोतले जानकारी दिएको छ ।
निजामती प्रशासनमा नेपाली काँग्रेसप्रति आस्थावान एकसे एक सहचिवहरु रहेका छन् । तर, पनि मन्त्री महतले ती सह–सचिवहरुलाई वेवास्ता मात्र गरेका छैनन् कि वाइपास गरेर अन्य सहसचिवहरुलाई काखी च्यापेको गुनासो कांग्रेस निकट कर्मचारीहरुले गर्दै आएका छन् । डा. महतले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय मातहतका बिभाग र कार्यालयहरुमा ठूला करदाता कार्यालय र भन्सार बिभागबाहेक पुरानाले नै निरन्तरता पाउँदै आएका छन् ।जसका कारण मन्त्रालयमा कार्यरत सहसचिवहरु भुपाल वराल, उत्तर कुमार खत्री, आन्नद काफ्लेलगायतका उच्च कर्मचारीहरु मन्त्री महतको कार्यशैलीप्रतिअसन्तुष्टि जनाउँदै आएको गुनासो छ ।
मन्त्रालयबाहिर अन्य निकाय र मन्त्रालयहरुमा काँग्रेस निकट घगडान एक से एक सहसचिवहरु कार्यरत रहेका छन् । उनीहरुलाई मन्त्रालयका केही सहसचिवहरुले सरुवा हुनबाट रोक्दै आएका छन् । तर, पनि मन्त्री महतले उनीहरुको दवावलाईचिर्न नसकेको स्रोतलेबताएको छ । त्यही कारण मन्त्री महत अहिलेसम्म अर्थतन्त्र सुधार गर्न असफल हुँदै गएको बताइएको छ । मन्त्री महतलाई मन्त्रालयमा सरुवा आएर सफल पार्न खोज्ने सहसचिवहरु थुप्रै रहेका छन् ।
तर, उनीहरुलाई मन्त्रालयका भित्रिन नदिनका लागि केही सहसचिवहरुले न्वाराना देखिकै जोडबल लगाएर मन्त्री महतलाई असफल पार्न भूमिका खेल्दै आएकोचर्चा छ ।डा. आरजु निकटका बिचौलियाहरुले पनि राम्रै रोल प्ले गरिरहेको बुझिएको छ । मन्त्री महतले चाहेर पनि यही कारण मन्त्रालय मातहतका बिभाग र कार्यालयमा आफू निकटका सहसचिवहरुलाई खटाउन सकेका छैनन् । अर्थतन्त्र बुझेकाहरुलाई अर्थमा भित्रिन दिएको खण्डमा मन्त्री सफल हुने डर केही नेता तथा कार्यकर्तामा परेको छ । त्यसकारण पनि राष्ट्रिय भाउजुको उपमा प्राप्त गरेकी आरजुकै बोलावाला अर्थ मन्त्रालयमा अहिलेसम्म चलिरहेको कांग्रेसका नेताहरु चर्चा गर्दछन् ।
मन्त्री महतले चाहेर पनि महत्वपूर्ण बिभाग र कार्यालयहरुमा आफू अनुकूलका सहसचिव सरुवाको चाँजोपाँजो मिलाउन असफल हुँदै आएको स्रोत बताउँछ ।मन्त्री महतले नचाहँदा नचाहँदै पनि यसअघि अर्थ सचिव रहेका अर्जुनप्रसाद पोखरेललाई खेद्न बाध्य भएको स्रोतको भनाई रहेको छ ।खासगरी विदेशी शक्ति निकट रहेका र निजामती प्रशासनमा बद्नामी कमाएका डा. कष्णहरि पुस्करलाई पुन अर्थ मन्त्रालयमा भित्र्याउन मन्त्री महत बाध्य भएका थिए ।
अबछिटै आन्तरिक राजश्व विभागमा पनि मन्त्री महतको इच्छाबेगर सहसचिव प्रेम प्रसाद भट्टराईलाई भित्र्याउने खेल चलिरहेकोअर्थ मन्त्रालयस्रोतले जानकारी दिएको छ । सहसचिव बराल, खत्रीले विभागमा सरुवाको लागि निकै जोडबल लगाए पनि भाउजु आरजुको ग्रिन सिंगल नपाउँदा मन्त्री महतले सवतन्त्र ढंगले कर्मचारीको सरुवा गर्न सकिरहेका छैनन् । २०८० असोजमा मन्त्रालयले उपसचिवहरुको सरुवा गर्दा पनि मन्त्री महतको भन्दा पनि आरजु राणा निकट बिचौलिया र भुषण राणाहरु नै बढी हावी भएको स्रोतले बताएको छ ।
बिचौलिया गिरोहका कारण आन्तरिक राजश्व विभाग नेतृत्वले चाहेर पनि अधिकृतहरुको सरुवा निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले गर्न नसकेको बिभागस्रोतलेगुनासोगरेको छ । प्रायगरी कर्मचारी सरुवामा मन्त्री महत र सचिव पुस्कर बढी हावी भएको बताइन्छ । इन्टे«स्ट समूहले सचिव पुस्करसँग सेटिङ्ग मिलाएर लेनदेनका आधारमा कर्मचारीको सरुवा गरेकै कारण निष्पक्ष हुन नसकेको भन्दै मन्त्रालयका कर्मचारीहरु मन्त्री महतप्रति असन्तुष्ट हुँदै आएका छन ।
यति मात्र होइन, नेपाली काँग्रेसका नेता, पूर्वमन्त्री र केन्द्रीय सदस्यहरुले पनि आफू निकटका केही कर्मचारीलाई भनेको निकायमा सरुवा गर्न असफलभएको गुनासो गर्दै हिंडेका छन् । महत नेपाली काँग्रेसको पनि सभापति देउवा र पत्नी आरजुको जोडवलकै कारण मन्त्री बनेका हुन । तर अर्थ मन्त्रालय मन्त्री महतले चलाएका छन कि, बिचौलिया र ठेकेदारहरुले भन्ने कुराको भेउ पार्टीका नेता तथा कार्यकर्ताहरुले पाउन नसकिरहेको बताउछन् ।
मन्त्रालयको अत्यन्तै महत्पूर्ण बैदेशिक सहायता महाशाखादेखि योजना, अनुगमन तथा मूल्यांकन महाशाखा, राजश्व महाशाखालगायतको जिम्मेवारबाट काँग्रेस निकट सहसचिवहरुलाई वाइपास गरिएको गुनासो बाहिर आएको छ । (साँघु साप्ताहिक, २०८० कात्तिक २०)



