🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपतिद्वारा दुःख व्यक्त 

काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले, जाजरकोटमा गएको भूकम्पबाट भएको धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई एक शोक सन्देश पठाउँदै राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनताका तर्फबाट भूकम्पमा परेका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । मृतक परिवार तथा घाइतेप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । 

शोक वक्तव्यमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । 

साथै उनले नेपाललाई यस विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ ।

हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १५७ जनाको मृत्यु भईसकेको छ ।