🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री मौन रहँदा पर्यटन बोर्ड बेकम्मा !

काठमाडौं । नेपाल पर्यटन बोर्डमा कर्मचारी संगठित रुपमा प्रमुख कार्यकारी अधिकृत(सीईओ) धनन्जय रेग्मीविरुद्ध उभिन थालेका छन् । पोखरामा झन्डै ६० लाख रुपैयाँ खर्च गरेर बोर्डले आयोजना गरेको भूगोलविद्को सम्मेलनका कारण कर्मचारी थप रुष्ट भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले सार्वजनिक रुपमा नै उक्त कार्यक्रममा विरोध गरेको छ । सीईओको लाचारी र पैसा कमाउने मेलोमा रहेको देखाउन संगठनले दुईवटा उदाहरण पनि दिएको छ । विश्व पर्यटन मेला (डब्लुटीएम) मा बोर्डले यो बर्ष सहभागी जनाएको छैन र पर्यटन प्रवद्र्धनसँग सरोकार नभएको भूगोलविद्को सम्मेलन भने गरेको भन्दै कर्मचारीहरुले विरोध गरेका हुन् । 

 कर्मचारीहरुको भनाइमा, बोर्ड स्थापना हुने भन्दा पहिलादेखि नै गतवर्षसम्म गरेर चालिस वर्षदेखि नेपाल सहभागी हुँदै आएको वल्र्ड ट्राभल मार्टमा सहभागी हुँदै आएको थियो । बोर्डको स्थापनापश्चात अझ सशक्त रुपमा सहभागी भईरहेको थियो । पर्यटन क्षेत्रको वृहत् कुम्भमेला डब्लुटीएम लण्डनमा नेपालको पर्यटनको प्रचार प्रसारको लागि निरन्तर चालिस वर्षदेखिको उपस्थितिलाई यो वर्ष सन् २०२३ मा बोर्डको व्यवस्थापकीय नेतृत्वको उदासिनता, अकर्मण्यता र बदनियतका कारण नेपाल र नेपालका धेरै पर्यटन व्यवसायीहरुले आफ्नो उपस्थिति देखाउन नपाउने अवस्था सिर्जना भएको छ ।  सीईओ रेग्मीले मन्त्री सुदन किराँती र पर्यटन सचिव भरतमणि सुवेदीको रिसले उक्त कार्यक्रममा नजाने परिस्थिति निर्माण गरेका हुन् । 

बोर्डका अधिकांश कर्मचारीले विशेष अदालतको मुद्दा खेिपरहेको बेलामा जनशक्तिको अभावको कालमा पनि डब्लुटीएममा भने बोर्डले उपस्थिति जनाएको थियो । रेग्मीले आफूखुसी बनाएको बजेटमा बोर्डले प्रश्न उठाएर संशोधन गर्न दबाब दिएपछि रिसले डब्लुटीएममा जाने  कार्यक्रमको बजेटमै समस्या बनाईदिएका थिए । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेको पालामा त्यही डब्लुटीएमबाट नेपाल आउँद रक्सीका बोतलको विषयमा विमानस्थलमा रेग्मीले अध्यागमनका कर्मचारीसँग झगडा गरेका थिए । उक्त विषयले बोर्डको मात्रै बेइज्जत भएको थिएन, ठूलै विवादको विषय पनि बनेको थियो । 

कर्मचारीले सामूहिक रुपमा भनेका छन्, ‘मुलुकमा देखा पर्दै गरेको आर्थिक क्षेत्रको कमजोरीलाई धेरै हदसम्म दरिलो टेवा दिने क्षेत्रको रूपमा सरकारले समेत पहिचान गरेको यो पर्यटन क्षेत्रको प्रवद्र्धन र नेपालको पर्यटनको बजारीकरणको विशेष महत्व बोकेका अन्य कार्यक्रमहरुमा नेपालको सहभागिता सुनिश्चित गर्नुको सट्टा पर्यटन व्यवसायीहरुको सहभागिता नै हुन नसक्ने, नेपाल भ्रमणको प्याकेज सोकेशिंग गर्ने अवसर नै नदिएको भूगोलविद्हरुको वैज्ञानिक सम्मेलनलाई आयोजना गर्न जोड गर्ने बोर्ड व्यवस्थापन नेतृत्वको कार्य भत्र्सना लायक रहेको छ ।’

यसरी सार्वजनिक रुपमा सीईओको कामप्रति आलोचना हुने अवस्था सिर्जना भएकोले बोर्ड कतिसम्म लाचार अवस्थामा सञ्चालन भइरहेको छ भन्ने पनि देखाएको छ । बोर्डभित्रको भद्रगोल र सीईओ रेग्मी पछिल्ला दिनमा पैसा कमाउने र आफ्ना मान्छेलाई काम दिने ध्याउन्नमा मात्रै रहेका कारण पनि बोर्डमा समस्या भइरहेकोक छ । तर, मन्त्री सुदन किराँती भने रेग्मीविरुद्ध कुनै एक्सनमा आउन सकेका छैनन् । बोर्ड बैठकले नगर्नु भनेका काम समेत गर्ने गरेका कारण रेग्मीमाथि मन्त्री किराँतीले एक्सन लिने अवस्था रहेको छ तर उनी मौन बस्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । यद्यपि, किराँती र रेग्मीको सम्बन्ध सुमधुर भने रहेको छैन । (साँघु साप्ताहिक, २०८० कात्तिक १३)