🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं, १२ कात्तिक । काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।  

काठमाडौं महानगरपालिका-२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

पाल्पाकाे तानसेन नगरपालिका-२ बडीज्ञान टोल बस्ने सुन्दर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय सुधिरमान घेंकेजु समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ४ सय २५ रूपैयाँ र ३ सय २५ पत्ती ताससहित पक्राउ गरेको हो ।