🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजको विदेशी मुद्राको विनिमय दर, यूएई दिराम ३६ रुपैयाँ बढी

काठमाडौं, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसामा कारोबार हुदाँ युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा कायम हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर ८४.४७ पैसा तथा बिक्रि दर ८४.८५ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्री दर ९६.७५ रुपैयाँ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ८ं.८६ तथा बिक्रि दर ८.९० रुपैयाँ कायम हुदाँ सिंगापुर डलर १ को खरिददर ९७.०५ रुपैयाँ तथा बिक्रि दर ९७.४९ रुपैयामा कारोबार हुनेछ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ .४४ रूपैयाँ र बिक्री दर ३६.६० रूपैयाँ कायम गरेको जनाएको राष्ट्र बैंकले यूएई दिराम एकको खरिद दर ३६.१८ तथा बिक्रिी दर ३ट.३५ रुपैयाँमा खरिदबिक्रीका लागि अनुमति दिएको छ ।