पाल्पा नेपालको पहाडी जिल्ला मध्येको एउटा सुन्दरतम् जिल्ला हो । भौगोलिक सम्पदाको सुन्दरता र ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण र सुन्दर जिल्लाका रुपमा लिइन्छ । चुुरे र महाभारत पर्वत श्रृंखलामा अवस्थित यो प्राकृतिक रूपमा सु्न्दर त छ नै साथै नेपालको इतिहासमा सशक्त राष्ट्रको रुपमा स्थापित भइसकेकाले पनि यसको ऐतिहासिक महत्व छुुट्टै प्रकारको छ । तेह्रौं शताब्दीमा नेपालबाट चीन गएर पैगोडा शैलीको दरबार बनाउने कलाकारहरुको नेतृत्व गर्ने प्रसिद्ध कलाकार अरनिको पाल्पाली थिए भन्ने कुरा इतिहासमा उल्लेख छ ।
अरनिकोको अर्काे नाम ‘बलबाहुु’ हो । यी बलबाहुु बाल्वा– पाल्पा र हुु–मान्छेबाट बनेको हो । बलबाहुु अर्थात् पाल्पाली मान्छे भन्ने अर्थ हुन्छ । यसबाट पाल्पाको साँस्कृतिक परम्परा कति समृद्ध थियो भन्ने ज्ञात हुन्छ । यति मात्र हैन उपनिषद, महाभारत, रामायण हिमवत् खण्ड, नेपाल महात्म्य जस्ता प्राचीन ग्रन्थहरुमा पाल्पा ठ्याक्कै शब्द प्रयोग नभए पनि पाल्पाको अर्थ आउने शब्दहरुको प्रयोगले पाल्पाको प्राचीनता प्रमाणित हुन्छ । वि.सं. १५५० को हाराहारी तिर रुद्रसेनले पाल्पा राज्यको स्थापना गर्न‘ुु भन्दा पहिले मगरहरुको राज्य मगरात तथा अन्य कुनै राज्य थियो । रुद्रसेनले वि.सं.१५५० मा पाल्पा राज्यको स्थापना गरेपछि सेनवंशीय राजाहरुले पाल्पालाई वृहत्तररुपमा शक्तिशाली बनाउँदै लगे ।
शुरुमा सेन वंशीय राजाले पाल्पा राज्यको राजधानी हारथोक नजिकै बनाएका थिए । त्यसको रक्षार्थ रिब्दीकोट, सामाकोट, पुर्नाकोट आदि कोट रहेको दरबारमा आगलागी भएपछि महादत्त सेनले पुर्नाकोटबाट श्रीनगरमा राजधानी सारेका थिए । श्रीनगरमा दरबारको अवशेष, पर्खाल, टुँडिखेल र सैनिकहरुले अभ्यास गर्ने प्याराफिट आदिका अवशेष अहिले पनि छन् ।
श्रीनगरमा राजदरबार र सैनिक प्रयोजनका लागि बनेका घरहरु र केही अन्य सामान्य घरहरु रहेता पनि ठ्रँलो बसोबास भने श्रीनगरको आसपास नै थियो । श्रीनगरमा शहर बसाउने काम महादत्तसेनले वि.सं. १८४४ मा गरेका थिए । यसको प्रमाण तानसेन अमरगञ्ज बटुक भैरवको मन्दिरभित्ररहेको शिलालेखमा उल्लेख छ ।
अहिले तानसेन पालपा जिल्लाको सदरमुकामका रुपमा प्रसिद्ध छ । यो श्रीनगरको दक्षिणतर्फको भागमा अवस्थित छ । राजाहरु श्रीनगरमा बनेको दरबारमा बस्थे सैनिकहरु पनि त्यहीँ बस्थे र त्यहीँबाट पाल्पा राज्यको प्रशासनिक कार्य संचालन हुन्थ्यो । त्यसबेला पनि अहिलेको तानसेन ठूूलो मानव बस्तीको रुपमा थियो । यो वस्ती सेनवंशीय राज्य स्थापना हुनुु भन्दा पहिलेदेखि नै रहेको थियो । जस्तो कि पाल्पा मगरात प्रदेश हो र यहाँ रहेको स्थानहरुको नाम मगर भाषामा राखिएको÷रहेको बाट पुष्टि हुन्छ । ‘तानसिङ’ शब्दबाट तानसेन बनेको हो भन्ने लाग्दछ । मगर भाषामा तान (ठूलो) सिङ (बस्ती) ठूलो बस्ती अर्थात् तानसिङ । बोलीचालीमा तानसेनलाई अहिले पनि तानसिङ । तानसिन नै भन्ने गरिन्छ । महादत्त सेनका स्याहमोहरमा पनि ‘तानसिंग’ शब्दको प्रयोग गरिएको पाइएको छ । यसैबाट तानसेन शहरको प्राचीनता प्रमाणित हुन्छ ।
पुस्तक पढ्ने दलान–धवल पुस्तकालयसँग पनि जोडियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा राणासरकारका विरुद्धमा प्रजातान्त्रिक जनसरकार गठन गरी राणाहरुको समानान्तर प्रजातान्त्रिक सरकार संचालन यही तानसेनमा हुन पुुग्यो । शिक्षा विकासमा विद्यालय र महाविद्यालयहरु स्थापना भए । पाल्पा दरबार र मूलढोका मात्र हैन पुरातात्विक महत्वका नारायणस्थानको नारायण मन्दिर, भगवती स्थान मन्दिर बटुक भैरव, अमरनारायण गणेश मन्दिर र पौवा, शीतल पाटी, भीमसेन मन्दिरहरु गणेश मन्दिरहरु स्ूवदेशी÷विदेशी पर्यटकहरुका लागि अहिले आकर्षणको केन्द्र बनेका छन् । परम्परागत कालीगढीद्वारा निर्मित पाल्पाली करुवाको प्रसिद्धि बेजोड छ । पाल्पामा ‘ताजमहल’कै जस्तो कथा बोकेको ‘रानी महल’ छ। तर, त्यहाँसम्म पुग्ने राम्रो बाटोसम्म छैन। पाल्पाबाट धौलागिरी माछापुच्छ्रे, गणेश हिमाल हुँदै पूर्वतिरका हिमालसम्म देख्न सकिन्छ।
माण्डब्य ऋषिले तपस्या गरेको ठाउँ भएकाले तानसेन मुनिको फाँटलाई माडी फाँट भनिन्छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माण सम्पन्न लुम्बिनी केवलकार हालै सञ्चालनमा आएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण भएका छन् । वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पटपनि रहेका छन् । केबलकारको एक डिब्बामा ८ जनाले चढ्न सकिने व्यवस्था गरिएको छ । एसले समेत पाल्पाको पर्यटन प्रबद्र्धनमा केही टेवा दिने अपेक्षा गर्न सकिन्छ ।
वर्तमान परिदृश्य
केबलकारको शिलान्यास २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । अहिले प्रधानमत्री प्रचण्डले उद्घाटन गरे । जसमा कम्पनीले रु. ३ अर्ब ५२ करोड लागत अनुमान गरेको थियो । केवलकार ३ किलोमिटर लम्बाइ रहेको छ। केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहेको छ ।
मखन टोल सडकको एकतर्फ पुरातत्वको नाममा भत्काईएको छ । यसको बाणिज्यमा कस्तो असर पर्ला सो समयले बताउने नै छ । बुटवल–पाल्पा जोड्ने सडकमा टनेल बनाउने कुराले मूर्तरुप लिनु पर्छ तब मात्र आवागमन सहज, सरल र नियमित हुन सक्दछ । निर्वाचित जनप्रतिनिधि र ठेकदार एवम् सम्बन्धित निकायले “फास्ट ट्रायक”मा काम गर्न‘ आवश्यक र अनिवार्य छ ।
चिटिक्क परेकी पहाडकी रानी एवं पश्चिमाञ्चलमै शिक्षा र सभ्यतामा नाम कमाइसकेकी पाल्पाली डाँडालाई विरानो पारेर ठाउँ सर्ने होडबाजी चल्न थाल्यो। बुटवल, भैरहवा र काठमाडौंमा पाल्पालीहरुले बसाईं सरे । गगनचुम्बी घर खडा गरेर अवसरवादीतातर्फ अग्रसर हुँदै आफ्नो थातथलोलाई चटक्कै बिर्सिएका पाल्पालीहरु अहिले ‘पानी मरुवा पाल्पाली’भन्ने मत राख्ने पनि छन् । तर, त्यो समाजको मूल्यांकन भावी पुस्ताले गर्ने नै छ ।
टुँडिखेलमा उजिर सिंह कप फूटबल पुनः
धेरै बर्ष पछि संचालन हुन लागेको राम्रो संकेत हो । भीमसेन टोलको भीमसेन मन्दिर पुनर्निर्माण भएको छ, बसन्तपुर टोलको लक्ष्मी नारायणको मन्दिरको छाना परिवर्तन भएको छ । भैरब मन्दिर पुनर्निर्माण भएको छ । राम्रा कुरा पनि भएका छन् तर समाज रुपान्तरणको गतितीब्र भएको विश्वमा र नेपालमै पनि त्यो गति पाल्पाले समात्न नसकेको हो भन्नुमा कुनै झिझक मान्नु पर्दैन । हालैको संघीय बजेट बक्तब्यमा बुढानीलकण्ठ स्कुल स्तरको स्कुल पाल्पामा समेत खोल्ने कुरा बक्तब्यमा त प¥यो बजेट पर्न‘पर्छ, काम हुनै पर्छ, राम्रो हावापानी, कम अबरोध शैक्षिक विकासको सम्भावनालाई मूर्तरुप दिनु पर्दछ/पर्छ ।
खानेपानी समस्या पाल्पा तानसेनको लागि जटिल समस्या हो र साथै उचित फोहोर ब्यवस्थापन पनि हुनु जरुरी छ । तानसेन बजारको पूर्वी पुछारमा करिब १०० प्लस रोपनीमा फैलिएको गोलाकार रुपमा टुँडिखेलरहेको छ । तानसेन जस्तो पहाडी, उकालो ओरालो भिरालो भूभागमा पनि यस्तोसम्म परेको गोलाकार टुँडिखेल हुनु आफैमा आश्चर्यको कुरा हो । त्यसैले यो टुँडिखेल तानसेनको पहिचान, विशेषता र आकर्षणको केन्द्र बन्न पुगेको छ ।
त्यसैले तानसेन पुग्ने जो कोही पनि एक पटक टुँडिखेल पुुग्न चाहन्छन् । टुँडिखेलको हरियो दुबोमा बसेर सुस्ताउन चाहन्छन् । पर्यटन प्रबद्र्धन गर्न स्काई पाराग्लाईडिंगले समेत योगदान पु¥याएको छ । भविष्य उज्ज्वल छ, प्रतिबद्धता र सोचको खाचो छ । (साँघु साप्ताहिक, २०८० कात्तिक ६)



