🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुवा/कौडा खेल्ने दस जना व्यक्तिहरू नौ लाख रकम सहित पक्राउ

ललितपुर ।  २०८० कात्तिक ९ गते प्रहरी वृत्त चापागाउँको वडा एरियामा अवैध रूपमा जुवातास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने गोप्य सूचना प्रहरीले  प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले  जुवातास खेल्नेहरूलाई रकम सहित पक्राउ गरेकाे छ ।  

 पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला, गोदावरी न.पा.५ लेलेस्थित नबिन सिलवालको घरमा प्रहरीले रितपूर्वक खानतलासी लिँदा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा कौडा -१६ थान, तास-९ बुक, मोबाईल -१० थान तथा जुवा खालबाट रु. ९,०२,०००।- (नौ लाख दुई हजार रुपैयाँ) बरामद गरेकाे थियाे । 

जुवातास खेल्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिई  ललितपुर जिल्ला अदालतबाट  दिन- ७ (सात) म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको  जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन्

१. जिल्ला ललितपुर, गोदावरी न.पा.५ लेले बस्ने बर्ष ३५ को सुरेन्द्र महत
२.बर्ष ३३ को नविन सिलवाल
३.  बर्ष ३० को श्रीकृष्ण थापा
४. र्ष ३० को दिपेन्द्र थापा
५. ऐ.ऐ.बस्ने बर्ष ३७ को कान्छा डंगोल
६. बर्ष ३५ को मनोज डंगोल
७. बर्ष ६४ को रामकाजी महत
८.  बर्ष ४ को माधव महत
९. बर्ष ३३ को आशिष लामा
१०. बस्ने बर्ष ४९ को श्याम थापा