🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजको लागि तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो गोलभेँडा ५० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँमा विक्री भईरहेको छ ।

यस्तै, आलु रातो ७० रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ८२ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ ।

आज, प्रतिकेजी लोकल गाजर १००, बन्दा ६०, स्थानीय काउली १००, रातो मूला ७०, लोकल सेतो मूला २०, भन्टा लाम्चो २०, तने बोडी ८०, मकै बोडी ७०, मटरकोशा २५०, घिउ सिमी २५, राजमा सिमी २२०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ३०, परवल ६०, घिरौँला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी ६०, भिन्डि ७०, बरेला ६०, रायो साग ७०, तोरीको साग ३०, कन्य च्याउ १४०, डल्ले च्याउ ३८०, कुरीलो ५५० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ प्रतिकेजी ३२०, केरा १५०, कागती १५०, अनार ३५०, कालो अंगुर ४००, सुन्तला भारतीय १२०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ५०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।