🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तपाईँलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन् : एमाले अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओेलीले, पार्टीमा संयमता पूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । 

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले, सदस्यता लिने वित्तिकै ठुलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे । उनले भने ‘सदस्यता लिएको भोलिपल्टै ठुलो पद ताक्न नहुने भन्दै उनले भने तपाईलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन् । कुनै पनि चिज प्रकृतिमा अनुशासन छ । प्रकृतिमा नियम छ । र मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ ।’

प्रकृतिबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका ओलीले, कसैले चाहाँदैमा प्रकृतिले आफ्नो स्वरुप नबद्ने भन्दै एमाले पनि प्रकृति जस्तै नियममा हिडिरहेको जिकिर गरे । 
त्यस्तै पछिल्लो समय समाजमा अराजकता बढेको भन्दै ओलीले संर्किण ब्यक्तिहरुका कारण समस्या बढेको बताए । 

‘अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । अराजकता त्यसले समाजमा परस्परमा घृणा फैलाउने कामहरु भै राख्या छ । एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भै राख्या छ ।

विभिन्न खालका संर्किणता, गैर जिम्मेवार खालका अभिव्यक्तिहरु, तरिकाहरु, शैलीहरु ।’ उनले भने ‘अर्कातिर समाज विकृत गैर जिम्मेवार भै राख्या छ । यस्तो अवस्थामा जिम्मेवारी बोध कसरी गराउने ? मान्छेलाई अनुशासितरुपमा कर्तव्य पथमा लाग्नु पर्छ भन्ने कुरा कसले बुझाउने कसरी बुझाउने ?’