सुनसरी, असोज २४ गते । सुनसरीको ईटहरी उप-महानगपालिका- ३ भित्री सडक खण्ड स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएको छन् ।
हिजो असाेज २३ गते राति साँढे ९ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कोशी ३१ प. ६९४८ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको कोशी २१ प. ६४३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकलमा पछाडी सवारकाे मृत्यू भएकाे छ । महालक्ष्मी नगरपालिका- ८ धनकुटाका २६ बर्षीय दिपक मिरिङचिङ मगरको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो ।
दुर्घटनामा परि घाईते भएका ईटहरी- ३ का ३० बर्षीय सागर तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते मोरङ सुन्दरहरैचा- ९ का १८ बर्षीय साहिम थापा मगर र ईटहरी- ४ का २० बर्षीय स्नेहा सुब्वाको ईटहरी नितान्त किल्निकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ



