🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिबन्धित लागुऔषधिकाे बढ्दाे काराेवार, ४ जना युवाहरू पक्राउ

असोज २४, झापा । २०८० असाेज २२ गते १७:४५ बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.३ मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेको साईकलमा सवार  वर्ष १९ को निसान लिम्बु र निजको साथी  वर्ष-२४ को रिवज रनपहेलीलाई रोकी चेकजाँच गर्दा पक्राउ परेका छन् ।

   प्रहरीका अनुसार,  निजहरुले नशालु पदार्थ सेबन गरेको जस्तो देखिएकोले साईकल समेत राखी थप अनुसन्धान गर्दा मिति २०८० असाेज २३ गते जिल्ला झापा दमक नगरपालिका वडा नं. १ बस्ने बर्ष-२१ को रुस्बिन लिम्बु भनिने बिबेक फियाक लिम्बु साइकल बुझ्न आएकोले शंका लागी उक्त साइकललाई चेकजाँच गर्दा साईकलको सिटमुनी सिट स्टेण्ड फलाम भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १४ ग्राम १५० मिलिग्राम फेला परेको थियाे ।

 निजहरूका सम्बन्धमा  थप अनुसन्धान गर्दा निजहरुको साथी जिल्ला झापा दमक नगरपालिका वडा नं.२ बस्ने निश्चल भन्ने बिक्रम लिम्बु समेत संलग्न रहेको भनि बताएकोले खोजतलास गर्ने क्रममा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.५ बजारमा फेला पारी ४ जनालाई नै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ।