🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनामा ब्यापक सरूवा तथा पदस्थापना 

काठमाडौं । २०७५ भदौ २४ गतेबाट नेपाली सेनाको कमाण्ड औपचारिकरुपमा का.मु. प्रधानसेनापति रहेका पूर्णचन्द्र थापाले गर्दैछन् । नेपाली सेनामा सुरक्षालगायतका आन्तरिक ब्यवस्थापनका अनेक चुनौती पनि विद्यमान छन् । नेपाली सेनाले राष्ट्रिय सुरक्षा, विकास निर्माण, दैविप्रकोप उद्धार आदिमा खट्नु पर्ने अवस्था छ । नेपाली सेनाले अहिले ‘‘सैन्य पुँजीवाद’’तिर उन्मुख र ‘साख गिरेका’  भन्ने आरोप खेप्दै आएको छ । 

नेपाली सेनाको का.मु. प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै आएका रथी पूर्णचन्द्र थापाले सेनाको नियमित काम सरुवा र पदस्थापना धमाधम गर्न थालेका छन् । यसै सिलसिलामा नेपाली सेनाका सात जना सहायकरथीहरूको काज सरुवा निस्केको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार, का.मु. प्रधानसेनापतिको निर्देशनमा २०७५ भदौ ७ गते विहिबार सैनिक सचिव सरोज प्रताप राणाले भदौ ८ गते शुक्रबारबाटै लागू हुनेगरी काजमा खटाउने निर्णय गरेका छन्  ।

 काज सरुवा हुने सहायकरथीहरूमा संजयसिंह भण्डारीको मध्य पूर्वी पृतना हेडक्वार्टर, सुरेश कुमार कार्कीको नेपाली सैनिक वार कलेज, रामनाथ शर्मालाई सैनिक सामाग्री प्राप्ती निर्देशनालय, विनय विक्रम राणा नम्बर २८ बाहिनी रहेका छन् ।

त्यसैगरी सहायकरथी सहदेव खड्काको नम्बर ७ बाहिनी अड्डा, प्रदीपजंग केसीको नम्बर ९ बाहिनी अड्डा र दीपक कुमार बानियाको पश्चिम पृतना हेडक्वार्टरमा सरुवा भएको छ ।

बढुवा तथा पदस्थापन 

नेपाली सेनाको सहायकरथी र महासेनानीमा बढुवा भएकाहरूको पनि पदस्थापन भएको छ । सैनिक मुख्यालयका अनुसार, महासेनानीबाट सहायकरथीमा बढुवा भएका १० जना, प्राविधिक महासेनानीबाट प्राविधिक सहायकरथीमा बढुवा भएका २ जना र प्राविधिक प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका एकजनाको पदस्थापना गरिएको छ ।

सहायकरथीमा बढुवा भएका हिमांशु खड्का नम्बर १८ बाहिनी अड्डाका बाहिनीपति बनेका छन् । यसैगरी, महासेनानीबाट सहायक रथीमा बढुवा भएका सुरेशकुमार बानियाँ सैनिक ब्याटल स्कूलका शिक्षाध्यक्ष बनेका छन् । उनी यसअघि पूर्वी पृतना हेडक्वार्टरमा थिए ।

महासेनानी छँदा नम्बर २६ बाहिनी अड्डामा रहेका सहायकरथी प्रदीपजंग केसी सैनिक सामग्री प्राप्ती निर्देशनालय निर्देशक बनेका छन्, भने निरज पौडल नम्बर ४ बाहिनी अड्डाको बाहिनीपति बनेका छन् । उनी यसअघि महासेनानी छँदा उत्तरपश्चिम पृतना हेडक्वार्टरमा थिए ।

 सहायक रथीमा बढुवा भएका पंकज कार्की अति विशिष्ट व्यक्ति निर्देशनालयका निर्देशक, प्रयोग जबरा पश्चिम पतना हेडक्वार्टरको पृतना चिफ, योगराज शर्मा आपूर्ति तथा परिवहन निर्देशनायका निर्देशक र राम राणा वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका निर्देशक बनेका छन् ।
त्यस्तै, सहायक रथीमा बढुवा भएका लवकुमार रायमाझी उपत्यका पृतना हेडक्वार्टरको पृतना चिफ अफ स्टाफ बनेका छन्, भने अर्जुन श्रेष्ठ उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतना चिफ अफ स्टाफ बनेका छन् ।

यसैगरी, २ जना प्राविधिक महासेनानी सहायक रथीमा बढुवा भएका छन् । यसरी, बढुवा हुनेमा पूर्व राजपरिवारका ज्वाइँ डा. राजीवराज शाही र डा. उदयबज्र बज्राचार्यको वीरेन्द्र अस्पतालमा पदस्थापन भएको छ । उनीहरू यसअघि पनि वीरेन्द्र अस्पतालमै कार्यरत थिए । सहायक रथी डा. राजीवराज शाहीले केही समयदेखि कुण्डलनी डाईग्नोनिष्ट सेन्टर समेत संचालन गर्दै आएका छन् । यसैगरी, प्राविधिक प्रमुख सेनानी डा. नम्रता महरा प्राविधिक महासेनानीमा बढुवा भएकी छिन् । उनको पदस्थापना वीरेन्द अस्पतालमा भएको छ ।

सहायक रथी, प्रसेको पनि सरुवा  

सैनिक मुख्यालयले विभिन्न बाहिनीका बाहिनीपतिसहित १७ जना सहायक रथीहरूको सरुवा पनि गरेको छ । त्यसैगरी, ५ प्रमुख सेनानी र ६ सेनानीको सरुवा भएको छ ।नम्बर १७ बाहिनी अड्डाका सहायक रथी कुवेर थापा राष्ट्रपतिको कार्यालय मुख्य सुरक्षाधिकृत र सैनिक ब्याटल स्कूलका सहायक रथी गणेशबहादुर कार्की राष्ट्रिय सेवादलमा सरुवा भएका छन् ।

नम्बर २२ बाहिनी अड्डाका सहायक रथी शैलेन्द्र शमशेर थापा राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु आरक्ष निर्देशनालयको निर्देशकमा सरुवा छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी निरन्जनकुमार श्रेष्ठ निरीक्षण निर्देशनालयको निर्देशकमा सरुवा भएका छन् । नम्बर २१ बाहिनी अड्डाका सहायक रथी बालकृष्ण कार्की सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा सरुवा भएका छन् ।

निरीक्षण निर्देशनालयमा रहेका सहायक रथी पदमबहादुर आङ्गेबो सैनिक कमाण्ड तथा स्टाफ कलेजकोे सहशिक्षाध्यक्षमा सरुवा भएको छ भने नम्बर ४ बाहिनी अड्डाका सहायक रथी अनन्त कार्की सैनिक तालिम तथा इक्ट्रिन महानिर्देशनालयमा सरुवा भएका छन् ।

नम्बर २७ बाहिनी अड्डाका सहायक रथी अशोकराज सिग्देल क्षत्री युुद्धकालीन निर्देशनालयको निर्देशकमा सरुवा भएका छन् भने नम्बर ३ बाहिनी अड्डाका सहायक रथी अजित थापा विवादस्पद निर्देशनालय भर्ना छनौट निर्देशनालयको निर्देशकमा सरुवा भएका छन् ।

नम्बर २३ बाहिनी अड्डाका सहायक रथी कृष्णमुरारी न्यौपानेको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको सहायक संयोजकमा सरुवा भएको छ, भने नम्बर १८ बाहिनी अड्डाका सहायक रथी भरतप्रसाद पाठक पूर्वी पृतना हेडक्वार्टरको पृतना चिफ अफ स्टाफमा सरुवा भएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज सहायक रथी आनन्दकुमार अधिकारी नम्बर २२ को बाहिनीपति सरुवा भएका छन् भने उपत्यका पृतना हेडक्वार्टरका सहायक रथी सञ्जय थापाको नम्बर २१ बाहिनी अड्डाको बाहिनीपतिमा सरुवा भएको छ । त्यस्तै, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका सहायक रथी नीरमानसिंह गुरुङको नम्बर २३ बाहिनी अड्डाको बाहिनीपतिमा सरुवा भएको छ । पूर्वी पृतना हेडक्वार्टरका सहायक रथी प्रेम शाही विशेष फौज बाहिनीको कमाण्डरमा सरुवा भएका छन् ।

अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका सहायक रथी बाबुराम श्रेष्ठ नम्बर २७ बाहिनी अड्डाको बाहिनीपतिमा सरुवा भएका छन् भने प्रधानसेनापतिको कार्यालयका सहायक रथी सन्तोषकुमार ढकाल नम्बर ३ बाहिनी अड्डाका बाहिनीपतिमा सरुवा भएका छन् ।

पाँच जना प्रसेको पनि सरुवा

 समारोह निर्देशनालयका प्रमुख सेनानी शशीकिरण रायमाझीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, राष्ट्रिय सेवादलका प्रमुख सेनानी अर्जुन खड्काको राष्ट्रिय सेवादल पूर्वी तालिम शिक्षालय, नम्बर २३ बाहिनी अड्डाका प्रमुख सेनानी बालकृष्ण कार्कीको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा भएको छ ।

त्यस्तै, निरीक्षण निर्देशनालयका प्रमुख सेनानी जितबहादुर लामाको नम्बर २ तालिम गणमा सरुवा भएको छ, भने सैनिक इन्टिलिजेन्सका प्रमुख सेनानी सुमन खड्काको बलाधिकृतको कार्यालयमा सरुवा भएको छ ।