🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारी निकम्मापनले मारमा किसान  : भारतमै अड्कियो ३० हजार मेट्रिक टन मल 

काठमाडौं । धानबालीलाई मल आवश्यक भएका बेला बजारमा मलको चर्को अभाव भएको छ । मल खरिद तथा आपूर्तिको दायित्व लिंदै आएको कृषि मन्त्रालय तथा कृषि सामग्री लिमिटेडको निकम्मापनले बजारमा मलको हाहाकार भएको छ । 

कृषकले यूरिया मलको चर्को अभाव भोगिरहेका बेला ३० हजार मेट्रिक टन मल भने भारतमा अड्किएर बसेको छ । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद तथा आपूर्तिको दायित्व पूरा गर्न नसक्दा मल भारतमा रोकिएको हो ।

समयमै मल खरिद नगरेर कृषि सामग्री केन्द्रले इन्डियन पोटास लिमिटेडसँग ग्लोबल टेन्डरमार्फत ३० हजार मेट्रिक टन यूरिया मल खरिद गरेको थियो । तर, उक्त मल भारतको विशाखापत्तनमा ढुवानीको साधन नहुँदा थन्किएर बसेको छ । केही समयदेखि मल थन्किएर बसे पनि अझै नेपालतर्फ ढुवानी गर्न नसकिएको लिमिटेडले जनाएको छ । 

पाएन रेल 

समयमा मल ढुवानी गर्न प्रक्रिया शुरु नगरेको लिमिटेडले खरिद गरेको मल ल्याउन अहिले रेलको अभाव भएको छ । लिमिटेडले ३० हजार मेट्रिक टन मलका लागि रेल्वे ¥याक खोजिरहे पनि अहिलेसम्म मिलेको छैन । मल ढुवानीको साधन अझैसम्म व्यवस्था गर्न लिमिटेड चुकेकाले किसानले थप प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

धानखेतीको टप ड्रेसिङको समय भएकाले यतिबेला युरिया मलको अभाव सबैतिर छ । धान खेती हुने अधिकांश जिल्लाका कृषक आवश्यक मल नपाएको गुनासो गर्दै कम्पनीका जिल्लास्थित कार्यालयमा पुग्ने गरेका छन् । 
लिमिटेडले मल खोज्दै पुग्ने कृषकलाई आगामी हप्तादेखि मल सहज हुने भन्दै आश्वस्त पारेको छ । तर मलको माग र आपूर्तिको आँकडा हेर्दा त्यो पत्याउने अवस्था छैन । 

रेलको ¥याक मिलेको खण्डमा २५०० टन भैरहवा र यति नै मात्रामा वीरगञ्जमा मल आइपुग्ने बताएको छ । बाँकी २५ हजार टन मल कहिले आउँछ भन्नेमा स्वयं लिमिटेड समेत अनविज्ञ छ । त्यसैले ५ हजार टन मल अहिलेको अभावमा कृषकलाई छोपसमेत नपुग्ने देखिन्छ ।