🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोलखाको लामाबगरबाट असाेज १४ गते थप चार किलो सुन बरामद

रामेछाप । दोलखाको लामाबगरबाट प्रहरीले आइतबार थप चार किलो सुन बरामद गरेको छ ।

\"\"
दोलखाको विगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो ।

लामाबगरको बस्ती भन्दा पारी डुङ्गाको ओडारमा लुकाई राखेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।

चीनबाट दोलखाको लामाबगर हुँदै ठुलो परिमाणमा अवैध  सुन तस्करी भएको आशंकामा प्रहरीले खोज तलास गर्दा लुकाइ राखेको सुन फेला परेको हो ।  

दोलखा प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले असोज १० गतेदेखि लामाबगर क्षेत्रमा खोज अनुसन्धान जारी राखेको छ । सो क्रममा हालसम्म ११ किलो सुन फेला परेको छ ।

यस अघि असोज १० गते प्रहरीले तीन किलो सुन फेला पारेको थियो भने ११ गते थप चार किलो सुन फेला पारेको थियो ।  प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेस्थित सिता तामाङको घरमा कोठा भाडा लिई बस्ने विगु गाउँपालिका–१ घर भएका २८ वर्षीय केशर तामाङको कोठाबाट १० गते चार किलो र १२ गते पुनः तीन किलो सुन बरामद गरेको थियो ।

घटनमा संलग्न स्थानीय सात जनालाई प्रहरीले हालसम्म पक्राउ गरेको छ । सुन तस्करीको नाइके भने अझै पक्राउ परेका छैनन् । प्रहरीले अहिले पनि लामाबगरमा नै रहेर सर्च गरिरहेको उनले डिएसपी खड्काले बताए ।