• बुधबार-मङ्सिर-५-२०८१

सम्पत्ति शुद्धीकरणमा नयाँ डीजी : निशानामा गुरुङ र सुमार्गी ?

 

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निशानामा अव छिट्टै भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरूङ र हेटौंडाका व्यापारी अजेय सुमार्गी पर्ने भएको चर्चा छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरुले सशस्त्र द्वन्द्वकाल र शान्ति प्रकृयामा आए लगत्तै बैंक लुटेका र जबरजस्ती चन्दा उठाएर जम्मा पारेको अरबौ–अरब रकम यी दुई व्यापारीलाई मिटर व्याजमा लगानी गर्न दिएको चर्चा थियो । उक्त रकमको प्रतिफल गुरूङ र सुमार्गीले माओवादी नेतृत्वलाई सर्त अनुसार नदिएकाले अब फन्दा पर्ने चर्चँ छ । यही कारण यी दुई जना चर्चित पात्रलाई नेताहरूले विभिन्न मुद्दा लगाएर प्रतिशोध लिने र अधिक व्याज सहित रकम फिर्ता लिन खोजिरहेको उच्च स्रोतले जानकारी दिएको छ ।


व्यावसायी गुरूङले राम्रो मुनाफासहित रकम फिर्ता नगरेको खण्डमा उनलाई फेरि गैरकानूनी सम्पत्ति आर्जन केसमा फसाउने तयारी भित्रभित्रै भइरहेको बताइन्छ । गुरूङ बालुवाटारको ललिता निवास जग्गा काण्डमा  अदालतबाट ७ करोड धरौटीमा छुटेका छन । त्यसपछि पनि उनलाई पुनः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत अनुसन्धानको दायरमा ल्याउन लागिएको स्रोतले बताएको छ । 


हेटौंडाका व्यापारी सुमार्गीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लगानी गरेको रकमको राम्रो प्रतिफलसहित फिर्ता नदिएको भन्दै उनी प्रति आक्रोसित भएको चर्चा छ । गुरूङ र सुमार्गीले माओवादीकै पैसा व्यापार र घर जग्गामा लगानी गरी रातारात अर्बपति बनेको बताइन्छ । तर त्यसरी कमाएको सम्पत्ति माओवादी नेताहरुलाई भाग नदिई आफैंले एकलौटी गर्न खोजेपछि उनीहरुलाई सम्पत्ति शुद्धीकरणमार्फत ठिक पार्ने तयारी  गरिएको चर्चा छ ।

 

उनीहरुले लगानीको १० प्रतिशत वार्षिक व्याज मात्र जोडेर फर्काएकोमा माओवादी नेताहरू यी दुई व्यापारीहरूसँग रुष्ट रहेको स्रोत बताउछ । गुरूङलाई पुन पक्राउ गरेर माओवादीले सुमार्गीलाई पनि तर्साउन खोजेको चर्चा छ । अझै सुमार्गी र प्रचण्डको आर्थिक कारोवार मिलिनसकेको समाचार स्रोतले बताएको छ । त्यसै कारण २०८० भदौ ३० गते प्रधानमन्त्री प्रचण्डले पुष्पबहादुर शाही जस्ता आफू निकट सहसचिवलाई विभागको महानिर्देशकको जिम्मेवारीमा खटाईएको स्रोत बताउँछ । (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस