• बुधबार-मङ्सिर-५-२०८१

घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो

 

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । 

 

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । काठमाडौं मात्रै नभइ देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।


 

प्रतिकृया दिनुहोस