• शनिबार-श्रावण-१२-२०८१

अध्यागमन कार्यविधि पारित गर्न किन ढिलाई ?

 

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यविधि २०६५ लाई समयानुकूल संशोधन एयरपोर्ट अध्यागमन कार्यालयका तत्कालीन प्रमुख रहेका सहसचिव रामबन्धु सुवेदीलाई जिम्मेवारी दिएको थियो । सहसचिव सुवेदी नेतृत्वको समितिले कार्यविधि  संशोधनको प्रतिवेदन तयार गरी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष बुझाइ सकेको छ । तर मन्त्रालयले कार्यविधि जारी नगर्दै सुवेदीलाई जिल्ला प्रशासन कार्यालय दाङको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेको छ । सुवेदीले बुझाएको कार्यविधि संशोधनलाई मन्त्रालयले जारी गर्न ढिलाइ गरेको गुनासो बाहिर आउन थालेको छ ।


अध्यागमन कार्यविधि ०६५ लाई संशोधन भएर लागु हुनासाथ बिदेशमा रोजगारीका लागि जान लागेका कामदार सेवाग्राहीले सही र सरल ढंगबाट जान पाउने छन । गलत ढंगले जान खोज्नेहरु रोकिने र कानूनको फन्दामा स्वत पर्नेछन । कार्यविधि समयमा जारी हुन सके सुशासन, प्रक्रिया सरलीकरण, पारदर्शी र जवाफदेहिताको लागि बाटो खुल्ला हुने अपेक्षा गरिएको छ । गलत कार्य गर्नेहरु स्वत कानूनको दायरमा आउने र यस अघिको बेतिथि र गलत धन्दा स्वत बन्द हुने स्रोतले बताएको छ ।


मन्त्रालयबाट छिटो कार्यविधि स्वीकृत भएको खण्डमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको अनलाइन सेवालाई छिटोछरितो, पारदर्शी र प्रभावकारी बनाउने, पुरानो सर्वरलाई हटाई नयाँ कार्यान्वयनमा ल्याउन सजिलो हुने अपेक्षा गरिएको छ । यसका साथै मेनपावर कम्पनी, शैक्षिक परामर्शदाता, एयरलाइन्स कम्पनी, प्रहरी, राष्ट्रिय अनुसन्धान र अध्यागमनका कर्मचारीहरूको सेटिङमा भिजिट भिषामा नेपाली कामदार खाडीमुलुकमा पठाउने धन्दा स्वत ध्वस्त हुने बताइएको छ ।


सहसचिव सुवेदी चार महिना अगाडि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय, एयरपोर्टको प्रमुखमा सरूवा भएका थिए । उनले धरै सुधारका काम गरेका थिए । राम्रो काम गर्दागर्दै  सुधारवादी प्रशासकको छवि बनाएका सुवेदीले कार्यविधिमा सुधार गर्ने प्रतिवेदन तयार गरेर अध्यागमन प्रशासनमा एउटा ऐतिहासिक सुधारको संकेत दिन खोजेका थिए । विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले असहयोग गर्दागर्दै पनि सुवेदीले अध्यागमन प्रशासनलाई सेवाग्राही मैत्री, सही भिसा र कागजात हुनेलाई सजिलै विदेश उडन अनुमति दिने र गलत कागजात बोकेर हिंडेकालाई विदेश जानबाट रोक्ने कार्यलाई तिब्रता दिएका थिए ।


वैदेशिक रोजगारका सिलसिलामा स्वीकृत लिएर हिंडेका नेपाली कामदारहरूको अध्यागमन प्रकृयालाई सरलीकरण गर्ने, अध्यागमन प्रशासनलाई पारदर्शी, जवाफदेही र जिम्मेवारी बनाउने उद्देश्य अध्यागमन कार्यविधि संशोधनले लिएको गृह मन्त्रालय स्रोतले बताएको छ । यसै बिच, अध्यागमन विभागको महानिर्देशकमा गृह मन्त्रालयले गत साता सहसचिव रूद्रसिंह तामाङलाई खटाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा दैलेखको प्रजिअ रहेका सहसचिव गोगन बहादुर हमाललाई सरूवा गरिएको छ । उनी २०८० भदौ २९ शुक्रवार नै कार्यालयमा गते हाजिर भएर जिम्मेवारी सम्हालिसकेका छन । 


हमाललाई पनि सुधारवादी प्रशासकको रुपमा लिने गरिएको छ । कम्प्युटर इन्जिनियर हमाल शाखा अधिकृतबाटै  खुला प्रतिस्पर्धा गरेर सहसचिवमा बढुवा भएका थिए । उनले यातायात व्यवस्था विभागमा १८ महिना महानिर्देशक हुँदा यातायात क्षेत्रमा धेरै सुधार गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन । 


 विभागलाई इसेवा, अनलाइन सेवामा लगेका थिए । सूचना तथा प्रशारण विभागको महानिर्देशक हुँदा पनि हमालले विभागको सेवालाई इसेवा, अनलाइन सेवामा रूपान्तरण गरेर पत्रकार मैत्री बन्न सफल भएका थिए । (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस