• शनिबार-श्रावण-१२-२०८१

कबुलियतनामा गरेपछि डिजीको जिम्मेवारी: प्रधानमन्त्रीलाई नै चाहिएको छैन सुशासन !

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्ने अघिल्लो दिन अर्थात ०८० असोज २९ गते शुक्रवार मन्त्रिपरिषद बैठकले तीन जना सहसचिवको सरुवा गरेको थियो । उक्त सरुवामा प्रधानमन्त्री प्रचण्ड भन्दा पनि स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल र कर्णली प्रदेशका पूर्व मुख्य मन्त्री महेन्द्र बहादुर शाही बढी हावी भएको चर्चा प्रधानमन्त्री कार्यालयमा चलेको छ ।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तारानाथ अधिकारीलाई नहटाउन र आफू अनुकूलको सहसचिव खटाउन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले भूमिका खेल्दै आएका थिए । उक्त विभागमा महानिर्देशक खटाउन नेकपा माओवादी केन्द्रका नेताहरुले पनि प्रधानमन्त्री दाहालसँग चासो राख्दै आएका थिए । रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायण सापकोटा, प्रधानमन्त्री दाहालका निजी सचिव अर्जुन भण्डारी, प्रशासन महाशाखा प्रमुख नारायण प्रसाद भट्टलगायतले चाहना गरेका थिए ।


तर, प्रधानमन्त्री प्रचण्डले अमेरिका प्रस्थान गर्नु अगाडि भदौ ३० गते बिहान एकाएक छोरी रेणु र पूर्व मुख्य मन्त्री शाहीको जोडबलमा विभागको महानिर्देशक नियुक्त गरेर हिंडेका छन् । चर्चामा नै नरहेका र कार्य सम्पादन अति कमजोर रहेका सहसचि पुष्पराज शाहीलाई महानिर्देशकमा नियुक्त गरेपछि प्रशासनिक क्षेत्रमा मात्र होइन प्रधानमन्त्री स्वयम्को समेत व्यापक आलोचना शुरु भएको छ । प्रधानमन्त्री दाहालले कमजोर कार्यक्षमता भएका शाहीलाई आफ्नो आदेश अनुसार मात्र अनुसन्धानको काम गर्नेगरी बिभागमा खटाएको चर्चा छ । यो बाहेक सम्पत्ति शुद्धीकरण, अकुत, गैरकानूनी सम्पत्ति आर्जनका उजुरीहरूका फाइल यताउति नगर्न र सरकारले लाए अह्राएको काम मात्रै गर्ने शर्त र कवुलियतनामा गराएर खटाएको उच्च प्रशासनिक स्रोतले जानकारी दिएको छ । 


माथि उल्लेखित चर्चित सहसचिवले लाए–अह्राएको काम नगर्ने र आफ्नो बुद्धि–विवेक प्रयोग गर्ने भएकोले प्रधानमन्त्री प्रचण्डले नरुचाएको स्रोतले बताएको छ । अन्तिम अवस्थामा ‘एसमेन’ शाहीलाई महानिर्देशक बनाएर पठाएको राजनीतिक वृत्तमा पनि चर्चा चलेको छ । (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस