• सोमबार-भदौ-३०-२०८२

भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो


विराटनगर । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।


मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।


प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ ।


जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको यियो ।


धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ ।  धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस