🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पर्यटन बोर्डको बजेटमा षडयन्त्र !

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा योगदान भन्दा बढ्ता बद्नाम गराउने  भूमिका नेपाल पर्यटन बोर्ड र त्यहाँका बोर्ड सदस्य तथा कर्मचारीले गरिरहेका छन् । स्वार्थ अनुकूलको बजेट बनाउने काममा लागेका बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रलाई बद्नाम गराउने भूमिका नै लागेको आरोप छ । सरोकारभन्दा बाहिरका क्षेत्रमा लगानी गर्ने र आफ्नो स्वार्थ अनुसारका शीर्षकमा बजेट राखेर हिड्ने गरेका कारण विवादमा परिरहेका छन् ।  सोहीकारण बोर्डको चालु आर्थिक बर्षको दुई महिना बित्दा पनि बजेट पारित हुन सकेको छैन । बजेट बनाउने उपसमितिको संयोजक नै पर्यटनको विषयमा जानकारी नै नभएको व्यक्तिलाई बनाउने आफ्नो स्वार्थको योजना हाल्न खोजेका रेग्मीले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनमा समेत बद्नामी गर्न लागेका छन ।

  आउँदो नोभेम्बरमा बेलायतमा हुने विश्व पर्यटन मेलामा जाने विषयलाई आफ्नो स्वार्थपूर्तिको औजार बनाएका छन् । हरेक बर्ष जाने यो मेलामा यो पटक अनिश्चित  भएको छ । मेलामा जाने वा नजाने भन्ने अहिलेसम्म प्रष्ट  भएको छैन । बजेट पास  नभएको र बजेट अभावका कारण नजाने भन्दै रेग्मीले बोर्डबाट अहिलेसम्म एजेण्डा नै पास गरेका छैनन् । मन्त्री सुदन किरातीले रेग्मीको हर्कत मन नपाएर बजेट कार्यक्रमलाई परिमार्जन गर्न भनेका छन् तर बजेट परिमार्जन गर्न मानेका छैनन् ।

सचिव भरतमणि सुवेदी पनि रेग्मीको हर्कतबाट वाक्क भएर बजेट बनाउने भूमिकासँग असन्तुष्ट रहेको खबर छ । बेलायतको पर्यटन मेलालाई औजारको रुपमा प्रयोग गरेर रेग्मी भने बजेट पारित गराउने प्रयासमा लागेको खबर छ । बजेट पारित  नहुँदा कार्यक्रममा  जान  नसकिने भन्दै  हिडेका  छन् । तर, नियमित कार्यक्रममा जान भने बजेट पारित नहुँदैमा नरोकिने बताइन्छ ।

 विगतको परम्परा पनि त्यस्तै रहेको छ । करिब १५ प्रतिशत बजेट पेश्कीको रुपमा लिन सकिन्छ । यस्तो परम्परा विगतमा पनि  भएको र अहिले उक्त कुरा छलेर रेग्मी मेलालाई देखाएर बजेट जसरी पनि पारित गराउन खोजिरहेको कर्मचारीहरुले बताएका छन् । त्यसमा उकास्ने चाहिँ लक्ष्मण गौतम र मणिराज लामिछाने रहेको पनि बताइन्छ । उनीहरु रेग्मीका दुई बैशाखी भएर हिंडेको बोर्डका कर्मचारीहरु बताउछन् । 

 सिईओ रेग्मीलाई सुरुदेखि नै यी दुई बैशाखी भनेर हिंड्दा अन्य  धेरै कर्मचारी रुष्ट भएका थिए । उनीहरुकै योजनामा कतिपय  कर्मचारीको सरुवा गर्ने, कारबाही गर्ने गरेका थिए । त्यसैले, रेग्मी आफ्नो विवेकमा  भन्दा गौतम र लामिछानेको रणनीतिमा चल्ने गरेको चर्चा पनि बोर्डमा भइरहेको छ । त्यसैले अन्य कर्मचारीले रेग्मीले भनेको काम नगर्ने गरेको बताइन्छ । (साँघु साप्ताहिक, २०८० असोज १)