🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय प्रम. मोदीलाई मन पराउने जनता ७६ प्रतिशत, बेलायती प्रम. सुनकलाई मन पराउने मात्र २७ प्रतिशत (सूचीसहित)

नयाँदिल्ली, ३० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले  ७६ प्रतिशत ग्लोबल रेटिङ पाएको छन । 

अमेरिकास्थित कन्सल्टेन्सी फर्मले सञ्चालन गर्ने गरेको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’मा उनलाई ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका हुन । यसअघिको रेटिङमा पनि प्रधानमन्त्री मोदी शीर्ष स्थानमा नै रहेका थिए । 

सो रेटिङका अनुसार १८ प्रतिशतले जनताले उनको नेतृत्वलाई अस्वीकार गर्दै असन्तुष्ट जनाएका छन । ६ प्रतिशतले भने उनका बारेमा कुनै पनि राय दिएका छैनन् ।

यसैगरी बिश्वब्यापी सर्बेक्षणको दोस्रो स्थानमा स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बेर्सेट जनता माझ लोकप्रिय देखिएका छन । उनलाई ६४ प्रतिशत जनताले मनपराएका छन भने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई ६१ प्रतिशत जनताले मन पराएको सर्बेक्षणमा देखिएको छ ।

साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनको बिपक्षमा ६० प्रतिशत जनता रहेको देखिएको छ भने ४० प्रतिशतले मात्रै उनलाई मन पराएका छन । 

उता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ३७ प्रतिशतले मन पराउँदा बेलायतका प्रधानमन्त्री ऋषि सुनक भने २७ प्रतिशतमा सीमित भएका छन । बहुसंख्यक जनताले बेलायती प्रधानमन्त्री सुनकलाई अस्वीकार गरे झै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको पनि हालत उस्तै देखिएको छ । उनलाई त झन २४ प्रतिशत जनताले मात्रै अनुमोदन गरेका छन् ।

\"\"\"\"