🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाटन हाई स्कूलले मनायो शतवार्षिकी

ललितपुर, २९ भदौ । ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रम कूल व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक क्षेत्रमा स्कूलले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस्तै स्कूलका पूर्वप्रधानाध्यापक, पूर्वव्यवस्थापन समितिका पदाधिकारी, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा महानगर प्रमुख महर्जनले शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै भन्नुभयो, “विद्यालयको शतवार्षिकोत्सवको उद्घाटन गर्न पाउँदा गर्व लागेको छ । म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

उहाँले भूकम्पबाट क्षतविक्षत भएको विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । महानगर प्रमुख महर्जन स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

जापानी राजदूत युकाताले कार्यक्रममा उपस्थित भएर सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । जापान सरकारले नेपालका दुई सय ४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाइस्कूल पनि भएको उहाँले बताउनुभयो । उहाँले स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

 
विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले विद्यालय पुनःनिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए । यो विद्यालय विसं. २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो ।

कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल एक हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ । 
–––