साग खान जति स्वादिष्ट हुन्छ, शरीरका लागि त्यति नै फाइदाजनक हुन्छ । सागपातको सेवन रक्तचाप, मधुमेहजस्ता रोगका लागि एकदमै फाइदाजनक हुन्छ । जानौं साग सेवन गर्नुका केही फाइदाहरु :
चनाको साग : चनाको सागमा कयौं पोषकतत्वहरु हुने गर्दछ । मधुमेह र रक्तचापको समस्यामा चनाको साग फाइदाजनक हुने गर्दछ । आँखाको स्वास्थ्य र प्रतिरक्षा प्रणाली विकास गर्न चनाको साग फाइदाजनक मानिन्छ ।
पालकको साग : पालको सागमा भरपुर मात्रामा प्रोटिन, आइरन, भिटामिन, बिटा क्यारोटिनजस्ता गुण रहेको हुन्छ । पालकको साग सेवन गर्नाले शरीरमा रोगसँग लड्नसक्ने क्षमता बलियो हुन्छ ।
मेथीको साग : मधुमेहका विरामीका लागि मेथीको साग एकदमै फाइदाजनक हुन्छ । मेथीको साथको सेवनले तौल घटाउन र शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनसमेत मद्दत गर्दछ ।
चौलाईको साग : चौलाईको सागले हाड मजबुत बनाउन मद्दत गर्दछ । यसमा क्याल्सियमको राम्रो मात्रा हुने गर्दछ । साथै यसले रक्तचाप र मधुमेह रोगसँग लड्न पनि मद्दत गर्दछ ।
बेथेको साग : बेथेको सागमा भिटामिन ए र क्याल्सियमको मात्रा राम्रो हुने गर्दछ । यसको सेवनले आँखा र हड्डीका लागि फाइदा हुने गर्दछ । साथसाथै शरीरमा यसले प्रतिरक्षा प्रणाली विकास गर्दछ ।



