• शनिबार-भदौ-२२-२०८१

शहरी मन्त्रालय ताक्दै दुई सचिव

 

काठमाडौं । आगामी २०८० असोज ११ गते शहरी विकास मन्त्रालयका सचिव ई. रविन्द्रनाथ श्रेष्ठ पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकास हुँदैछन । उनको अवकासपछि रिक्त हुने सचिवमा सरूवा हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्राविधिक सचिव ई. मणिराम गेलाल र राष्ट्रिय सतर्कता केन्द्रका एरोनटिकल ईन्जिनियर सुरेश आचार्यले आँखा लगाएको बुझिएको छ । त्यसो त जल तथा शक्ति आयोगका इरिगेशन ईन्जिनियर सचिव सुशिलचन्द्र तिवारीले पनि सरूवा रुची राख्दै आएको चर्चा छ ।

 

सचिव गेलाल र आचार्यले यस अघि शहरी विकास सचिव भएर काम गरिसकेका छन । उनीहरु दुवै अनुभवी सचिव रहेकोले यी दुई मध्ये एकजनाको मन्त्रालयमा सरूवा हुने प्रवल सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । उता, हाल खानेपानी सचिव रहेका रामआधार शाहले पनि शहरीमा जानको लागि लविङ्ग तीव्र पारिरहेको समाचार छ । उनलाई खानेपानी मन्त्रालयबाट शहरीमा सरुवा गराउन पूर्व सचिव डा. रमेश प्रसाद सिंहले ठुलै कसरत गरिरहेको स्रोत बताउँछ ।   

 


प्राविधिक सचिवमा कसको बढुवा 
शहरी विकास सचिव श्रेष्ठको २०८० असोज ११ गते अवकासँगै रिक्त हुने प्राविधिक सचिवमा जेष्ठताका आधारमा सहसचिव बिश्वबावु पुडासैनी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. अर्जुनजंग थापा मध्ये एकजनाको बढुवा हुने प्रवल सम्भावना रहेको उच्च प्रशासनिक स्रोतले बताएको छ । सहसचिव पुडासैनीको सेवा अवधि उमेरका कारण अझै ८–९ वर्ष रहेको बताइन्छ । यसअघि सचिव बढुवा सिफारिमा परेर पनि हुन नसकेका थापाको यसकारण पनि बढुवा हुने निश्चित रहेको स्रोत बताउँछ । उनको बढुवा हुँदा पनि सवा एक महिना मात्र सचिव हुनेछन । उमेरहदका कारण उनी अर्को महिना २०८० कात्तिक २० गते अवकाशमा जानेछन । अघिल्लो प्राबिधिक सचिव बढुवाको लटमा विवादास्पद छवि भएका रामआधार साह सचिवमा बढुवा भएका थिए ।

 


२०८० कार्तिक २० पछि एक प्राविधिक सचिव पद रिक्त हुनेछ । उक्त रिक्त सचिव पदमा सहसचिव केमिस्ट्री ईन्जिनियर विश्वबाबु पुडासैनी, पर्यटन मन्त्रालयका सहसचिव एरोनेटिक ईन्जिनियर बुद्वि सागर लामिछाने र उर्जा मन्त्रालयकी इलेक्ट्रिकल ईन्जिनियर सरिता दवाडी मध्ये एक जना बढुवाको  लाइनमा रहेका छन ।

 


त्यस्तै, आगामी २०८० पुस ९ गते हाल उर्जा सचिव रहेका ई. दिनेश कुमार घिमिरेको अवकास हुँदैछ । त्यसपछि उर्जा मन्त्रालयकै सहसचिव सरिता दवाडी बढुवाको लाइनमा पुग्ने भएकी छिन । यही आर्थिक वर्षको २०८१ असार १७ गते जल तथा शक्ति आयोगका सचिव सुशीलचन्द्र तिवारी पनि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी अवकाशमा जाने भएका छन । (साँघु साप्ताहिक, २०८० भदौ १८)

प्रतिकृया दिनुहोस