• बिहीबार-असोज-२-२०८२

हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।

 

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ ।

 

बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पु¥याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोध समेत गरेको छ । दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दावी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ । आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
 

 

प्रतिकृया दिनुहोस