🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बोलायो एजीएम

काठमाडौ, १० भदौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

यस कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो । सभा भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सुरु हुनेछ । सभा अनलाइन अर्थात, जुम मार्फत् हुने कम्पनीले जनाएको छ । 

सभामा आर्थिक वर्ष २०७८-७९ को नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।