🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला टी–ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन

काठमाडौं । नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन बनेको  छ ।

आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दति अनुसार १३ रनले पराजित गर्दै  सिरिजको च्याम्पियन भएको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ५ दशमलब ३ ओभरको खेल खेल्ने साथ वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुनः खेल हुन नसक्दा नेपाल विजयी भएको हो ।

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।

नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिइन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिइन् । नेपालले ओपनर काजोल श्रेष्ठलाई भने पहिलो बलमै गुमाएको थियो ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १/१ विकेट लिएका थिए ।