🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले अध्यक्ष ओलीले आज बिराट दरबार अवलोकन गर्ने, भोलि सिरहा पुग्ने

बिराटनगर, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरीक्षण गर्ने भएका छन । 

भोलि देखि सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरीक्षण गर्न लागेका हुन । 

तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दैछन् । 

आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्न लागेका अध्यक्ष ओली भोलि बिहान सिरहा पुग्नेछन । जहाँ भोलि देखि पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।

सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो । 

२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो । जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।