🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण मन्त्रीपरिषद्‍‌बाट स्वीकृत

काठमाडौं, ६ भदौ । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ । 

यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदै छ ।