🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आइजी सा’ब समायोजनमा किन अन्याय ?

नेपाल प्रहरीमा कार्यरत ७२ हजारको संख्याका सबै महानिरीक्षक सर्वेन्द्र खनालका लागि बराबर हुन् । तर, प्रहरी प्रधान कार्यालयभित्रै भेदभाव हुने गरेको छ । जागिर खाएदेखि कार्यरत विभिन्न विभागका सिपाहीदेखि कनिष्ट अधिकृतहरू समायोजनमा किन परेनन् ? तर प्रहरी प्रधान कार्यालयमा आएको ६ महिना पनि नपुगेकाहरू समायोजनामा कसरी र के कारणले परे ? विभागले चित्त बुझ्दो जवाफ दिनु प¥यो ।

दरबन्दी लुकाएर वा काज देखाएर बर्षौंदेखि प्रहरी हेडक्वार्टरमा बसेर मोजमस्ती गर्दै आएका रैथानेहरूलाई हाकिमहरूकै संरक्षण छ । धेरै मान्छेलाई काज देखाइएको छ । प्रशासनका डीएसपी सीताराम चापागाईले यसरी बर्षौदेखि कार्यरतहरूको विवरण लुकाउने गरेको कुरा आईजीपी सा’बलाई थाहा छकि छैन । समायोजनमा प्रहरी प्रधान कार्यालयमा सरुवा भएर आएको एक बर्ष पनि नपुगेका, सोर्सफोर्स नहुने र हाकिमहरूले गलत नजर र नियतले भनेअनुसार निजी स्वार्थपूर्ति गर्न नमान्ने महिला प्रहरीहरूलाई प्रदेशमा सरुवा गरिएको छ ।

तल्लो दर्जाका प्रहरीलाई घरपायक सरुवा गर्नुपर्नेमा २ नम्बरकालाई ३ नम्बर प्रदेश र ३ का लाई २ मा हालिएको छ । यो त अन्याय भएन र आईजीपी सा’ब ? आईजीपी खनाल जस्तो न्याय निसाफ दिन्छु भनेर बाचा बन्धन गर्नेको कार्यकालमा योभन्दा ठूलो अन्याय के होला ? हामी कहाँ ? हाम्रा बालबच्चा कहाँ ? जागिर कहाँ ? तल्लो दर्जाका प्रहरीलाई घरपायक सरुवा नगरेर कस्को स्वार्थपूर्ति गरियो ? यसको सत्यतथ्य छानविन होस् ।                                                                                                                                                                                                –पीडित प्रहरीहरू