🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मालीमा बन्दुकधारीद्वारा २१ जनाको सामूहिक हत्या, ११ जना घाइते

माली, ३ भदौ । अफ्रिकी देश मालीमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ । 

मध्य मालीको मोप्ती क्षेत्रको एउटा गाउँमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए । यस क्रममा उनले २१ जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार स्थानीय स्रोतहरूले शनिबार दिउँसो मोप्तीको बन्दियागरा सहर नजिकैको यारु गाउँमा केही आक्रमणकारी प्रवेश गरेको बताएका छन् । उनीहरुले निशाना बनाएर गोली चलाएको जनाईएको छ । 

सो आक्रमणमा परी महिलासहित २१ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।