🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुम्लामा नदीले बगाउँदा एकको मृत्यु

जुम्ला, ३२ साउन । जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिनुभयो ।

हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन् । त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो । नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ । नदीको बहाव अत्यधिक बढेको हुनाले उनलाई बचाउन सकिएन ।

मृतक बालिका उक्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ । उनको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ । शव परीक्षणका लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।