🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउँदै

काठमाडौं । नयाँ व्यवस्थापन सहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउने भएको छ । बुधबार पत्रकार सम्मेलन मार्फत रिसोर्टले अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको उक्त रिसोर्ट विदेशमा बस्ने गैर आवासीय नेपालीहरुले सवै शेयरहरु खरिद गरी नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याउने जानकारी दिएको हो । 

वैदेशिक लगानीमा सञ्चालन भएको उक्त रिसोट कोभिड महामारी र आन्तरिक विवादको कारण बन्द भएपछि विदेशमा बस्ने गैर आवासीय नेपालीहरुले सवै शेयरहरु खरिद गरी पुःन सञ्चालनमा ल्याएको रिसोर्टका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए  ।  उनले भने,‘प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाए पछि हामी विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सवै शेयरहरु खरिद गरेका छौं ।’

उनले सो परियोजना सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुनको साथै प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्ने समेत विश्वास व्यक्त गरे ।  रिसोर्ट पूणर्रुपमा संचालन हुँदा एक हजार भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने, नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुको साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूणर् योगदान पुग्ने रिसोर्ट विश्वास लिएको छ ।