🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठुला करदातामा शर्माले कसरी मारे बाजी ?

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गतको कर्मचारीका लागि सबैभन्दा आकर्षक निकाय ठुला करदाता कार्यालय मानिन्छ । अघिल्लो साता अर्थ मन्त्रालयले सहसचिव जनकराज शर्मालाई उक्त कार्यालयमा खटाएको छ । पाल्पाका स्थायी बासिन्दा शर्मा परिवार नै निजामती प्रशासनमा रमाउँदै आएको छ । उनका पिता उपसचिव दुर्गाराज शर्माले लामो समय गृह मन्त्रालयको कर्मचारी प्रशासनमा बिताएर सेवा निबृत्त भएको बताइन्छ । शर्माकी फूपू  भगवती पनि गृह मन्त्रालय अन्तर्गत नै शाखा अधिकृत थिइन । बहिनी अजिता शर्मा पनि निजामती प्रशासनमै शाखा अधिकृत रहेको कर्मचारी स्रोत जानकारी दिएको छ ।

२०५९ सालमो राजस्व प्रशासनतर्फ शाखा अधिकृतमा ६४ जनाको लटमा शर्माले पहिलो नम्वरमा नाम निकालेका थिए । उनी मेधावी कर्मचारी मान्निछन् । २०७३ मा प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा भएका थिए । सहसचिवमा भने उनी फाइल बढुवा भएका हुन् ।  शर्माले जागिरको अवधिमा अधिकांश समय कर प्रशासन र अर्थ मन्त्रालयमा काम गर्ने अवसरा प्राप्त गर्दै आएका छन । उनी आन्तरिक राजस्व कार्यालय भैरहवाको प्रमुख भएर कार्य सम्पादन गरिसकेका छन । निजामती प्रशासनमा उनी अहिलेसम्म बेदाग कर्मचारी मान्निछन् । कुनै आर्थिक विवाद, घुसखोरी र भ्रष्टाचारमा मुछिएका छैनन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शर्मा जस्ता निस्कलङ्क, सक्षम, अनुभवी र काविल कर्मचारीलाई पहिलो पटक ठुला करदाता कार्यालयमा खटाएर आन्तरिक राजस्व प्रशासनमा सुधार गर्ने संकेत गरेका छन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट दिन दहाडै क्विण्टलका क्विण्टल सुन तस्करी भइरहेको विषयले निजामति प्रशासन मात्र होइन, सिङ्गो मुलुककै राजनीति तरङ्गित बनाएको छ । यस्ता विवाद पुन नदोहोरिउन भन्दै मन्त्रालयले सजक भएर शर्मालाई उक्त कार्यालयमा खटाएको समाचारस्रोतले बताएको छ ।

अझ, शर्माको परिवार नै निजामती प्रशासनमा कार्यरत बिताएको र कार्यरत रहेकाहरुले पनि इमान्दार प्रशासकको छवि कायम गर्न सकेका छन । त्यही कारण ठुला करदाता कार्यालयबाट हुनसक्ने ठुला करछली, चुहावटका साथै घोटला अब न्युनीकरण हुने अपेक्षा गरिएको छ । ठुला करदाता कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व असुली गरेर ठुलो योगदान पु¥याउने अपेक्षा मन्त्रालयले राखेको समाचार स्रोतले दावी गरेको छ ।

यस अघि ठुला करदाता कार्यालयको नेतृत्व सहसचिव राजेश्वर ज्ञवाली जस्ता विवादास्पद खेलाडीले गरेकै कारण शाख गिर्दै गएको जानकारहरुले बताउँदै आएका थिए । ठुला करदाता कार्यालयबाटै कम राजस्व असुल हुँदा गत आर्थिक वर्षमा आयकर र मूल्य अभिवृद्वि कर असुलीमा विभागले लक्ष्य हासिल गर्न सकेको थिएन ।

अहिले कार्यालयले उपयुक्त नेतृत्व पाएकोले पनि चालू आर्थिक वर्षमा पक्कै पनि लक्ष्य अनुसार राजस्व संकलन हुनसक्ने चर्चा आन्तरिक राजस्व विभाग परिसरमा चल्ने गरेको छ । ‘राइट म्यान, राइट प्लेस’ भन्ने नारालाई साकार रुप दिन पनि मन्त्रालयले ठुला करदाता कार्यालयमा उपयुक्त कर्मचारीलाई खटाएर सकारात्मक संन्देश दिन खोजेको रुपमा कर्मचारीले अथ्र्याएका छन । (साँघु साप्ताहिक, २०८० साउन २२)