🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडा, २३ साउन (रासस) : मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । 

बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जन बताउँछन् । 

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आइपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । 

चलचित्र हलभित्रबाट शुरु भएको आगलागी अहिले झनै बाहिरसम्मै आइपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको अवस्थामा आगलागी भएको हो । 

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।