🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोलखाको भन्दा पुरानो इतिहास बोकेको रामेछापको भीमसेनथान ओझेलमा

रामेछाप । दोलखाको भीमेश्वर मन्दिरको भन्दा पनि पुरानो इतिहास बोकेको रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको भीमसेनथान प्रचारको अभावले ओझेलमा परेको छ ।

चिसापानी स्थित नेवार गाउँको सिरानमा रहेको यो भीमसेनथानलाई पाँच पाण्डव मध्येका माइला भाइ भीम बास बसेको ठाउँ मानिन्छ । पूर्व जाने क्रममा रामेछापको रजगाउँको भीमसेनथानबाट चिसापानीको भीमसेनथान हुँदै दोलखाको भीमसेनथान गएको भन्ने किंवदन्ती रहेको स्थानीय बुढापाकाहरु बताउँछन् ।

डाँडाको सिरानमा रहेको यो भीमसेनथान दृश्यावलोकनको लागि पनि निक्कै रमणीय छ । रामेछापको सदरमुकाम मन्थली सहितको तामाकोसी नदी, विभिन्न हिमाल र डाँडाहरू तथा बस्ती देखिने यो स्थानमा बसेर चारैतिर हेर्न निक्कै रमाइलो हुन्छ ।

मन्थलीबाट पैदल जाँदा करिब एक घण्टाको दुरीमा पुगिने यो स्थानसम्म पुग्ने पक्किबाटो पनि बनिसकेको छ । पैदल हिँड्न चाहनेको लागि मन्थलीको गाईखुरादेखि भीमसेनथानसम्म पदमार्ग बनाइएको छ ।

बागमती प्रदेश सरकारले पर्यटन प्रवर्धनको लागि गाईखुरादेखि भीमसेनथानसम्म पुग्ने पदमार्गमा सिँढी बनाएको छ । त्यस्तै भीमसेनथान क्षेत्रमा पनि सिँढी, मन्दिर र सत्तल निर्माण गरिएको छ । मन्थलीबाट मर्निङवाक गर्न चाहनेहरूका लागि तथा मन्थली आएका नजिक घुम्न जानेहरूका लागि पनि यो उपयुक्त भ्रमणस्थल बन्न सक्छ ।

विभिन्न संरचनाहरू निर्माण गरेर चिटिक्क पारिएको भए पनि प्रचार नहुँदा यो भीमसेनथान सुनसान देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *