🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

काठमाडौ, ५ साउन । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आउँदाे आइतबार बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता अर्थात् साउन ७ गतेमात्र आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

यसमा मागभन्दा ११७.५४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । गोलाप्रथाबाट बाँडफाँट गर्ने क्रममा १० हजार ११५ जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । बाँकी १० लाख ९८ हजार ११७ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला गरेको हो । 

योमध्ये १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल 'बी' माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ कात्तिक २५ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक २४ गतेसम्म बाहल रहनेछ ।