🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी सहायक विदेश मन्त्रीले नेपाल भ्रमण सकेर फर्के लगत्तै शक्तिशाली चिनिया नेता आउँदै

  काठमाडाैं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणबाट फर्केको एक सातापछि चिनियाँ नेता नेपाल भ्रमणमा आउन लागेकाे खबर छ । २०८० साउन ७ गते चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी २०८० साउन ९ गते सम्म नेपालमा बस्नेछन् ।

  भ्रमणको बेलामा नेपालका उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तय भएको खबर छ । उनी पोलिटव्युरो सदस्य भएपनि निकै शक्तिशाली र महासचिव सी चिनफिङका विश्वासपात्रको रुपमा हेरिन्छ ।

नेपालमा केही समययता निरन्तर अमेरिकीहरुको भ्रमण बढेको र सरकारी निर्णय प्रक्रिया पनि भारत र अमेरिकामुखी भएको बुझाइमा चीन रहेको कूटनीतिक स्राेतकाे भनाइ छ। छ ।

  त्यसैले, चीनले पछिल्ला दिनमा निकै चासाे साथ हेर्दै काठमाडाैंमा आफ्नो उपस्थिति पनि बाक्लो बनाउने मनसायसहित काठमाडौंमा विशेष व्यक्ति पठाइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु पनि नेपालमा निरन्तर आइरहेका हुन्छन् । विभिन्न बहानामा नेपाल आउने उनीहरुले स्थानीयदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने गरेका छन् ।

नेपालमा अमेरिकी सहायक मन्त्री लुको एकदिने भ्रमण के का लागि थियो भन्ने अहिलेसम्म खुलेको छैन । एमसीसी परियोजनाको प्रगति अवस्था बुझ्नलाई आएको भनिएपनि त्यसका लागि एससीसीको सिईओ एलिस अलब्राइट नै २०८० भदौमा आउने  तयारीमा रहेकाे खबर छ।

   चिनियाँ नेता युआन फर्केपछि अलब्राइटको भ्रमण हुन लागेको छ । त्यसैले, अमेरिकीहरु गुप्त योजनासहित नेपाल आउने गरेका कारण चिनियाँहरु पनि नेपाल भ्रमणलाई बाक्लो बनाउन थालेकाे टिप्पीणी कूटनीतिक क्षेत्रमा रहेकाे छ ।