🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हर्क श्रमदान अभियान, दार्चुलामा लठ्ठा तान्दै श्रमदाता : भ्रम होइन, श्रमको राजनीति

पूर्वदेखि पश्चिमसम्म श्रमदान अभियान : दार्चुलामा झोलुङ्गे पुलका लागि जनश्रम

काठमाडौं । “हामी भ्रमको राजनीति होइन, श्रमको राजनीति गर्न सिकाउँछौं; ढुङ्गा हान्न होइन, ढुङ्गा बोक्न प्रेरित गर्छौं”-यही नारासहित श्रम संस्कृति दलले पूर्वदेखि पश्चिमसम्म श्रमदानलाई अभियानकै रूपमा अघि बढाएको छ ।

यसै अभियानअन्तर्गत दार्चुलामा झोलुङ्गे पुल निर्माणका लागि आवश्यक लठ्ठा तान्दै श्रमदाताहरू सक्रिय भएका छन् । दुर्गम क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता दिलाउने उद्देश्यका साथ सुरु गरिएको श्रमदान अभियानमा दलका नेता, कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारण सहभागी भएका छन् ।

श्रम संस्कृति दलले राजनीति केवल भाषण, विरोध र आरोप–प्रत्यारोपमा सीमित हुन नहुने भन्दै जनजीवनसँग प्रत्यक्ष जोडिएका काममा हात हाल्नुपर्ने धारणा अघि सारेको छ । दलका अनुसार, देश निर्माणको आधार श्रम, अनुशासन र सामूहिक योगदान हो । त्यसैले युवालाई सडकमा ढुङ्गा हान्ने संस्कृतिबाट हटाएर गाउँ–समाज बनाउन ढुङ्गा बोक्ने संस्कृतितर्फ प्रेरित गर्न अभियान सञ्चालन गरिएको हो ।

दार्चुलामा झोलुङ्गे पुलका लागि लठ्ठा तान्ने कार्यलाई दलले “महान श्रमदान अभियान”को एक महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेको छ । पहाडी तथा हिमाली क्षेत्रमा पुल नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने, विद्यार्थी, किसान, बिरामी तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा कठिनाइ हुने अवस्था रहेकाले यस्ता अभियानले प्रत्यक्ष जनहितमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

श्रम संस्कृति दलले पूर्वदेखि पश्चिमसम्म श्रमदानलाई जोड्ने अभियान चलाइरहेको बताएको छ । सडक, पुल, बाटो, सार्वजनिक स्थल, विद्यालय, खानेपानी, सरसफाइ तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा स्वैच्छिक श्रमदानलाई राष्ट्रिय संस्कृतिका रूपमा विकास गर्ने लक्ष्य दलले अघि सारेको छ ।

दलका अभियन्ताहरूका अनुसार, राजनीति जनताको दुःखमा सहभागी हुने, समस्या देख्दा समाधान खोज्ने र सम्भव भएसम्म आफैं श्रम गर्ने माध्यम बन्नुपर्छ । उनीहरूले चुनावी नारामा मात्र सीमित हुने राजनीतिभन्दा हातमा औजार लिएर समाज परिवर्तन गर्ने राजनीति आवश्यक भएको बताएका छन् ।

दार्चुलामा लठ्ठा तान्दै गरेका श्रमदाताहरूको दृश्यले श्रमलाई सम्मान गर्ने नयाँ राजनीतिक संस्कारको सन्देश दिएको दलको दाबी छ । अभियानमा सहभागीहरूले देश बनाउन सरकारको मात्र मुख ताकेर नबस्ने, नागरिक तहबाट पनि श्रम, सीप र समय दिनुपर्ने बताएका छन् ।

श्रम संस्कृति दलले यस्ता अभियानलाई आगामी दिनमा थप विस्तार गर्दै जाने जनाएको छ । दलले युवापुस्तालाई निराशा, आक्रोश र विध्वंसतर्फ होइन, निर्माण, श्रम र सकारात्मक परिवर्तनतर्फ लैजानु नै आफ्नो प्रमुख राजनीतिक उद्देश्य रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *