🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मिति २०८३ वैशाख १३ गते आइतबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो ।

प्रहरीका अनुसार करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो । उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि चट्याङको प्रभावले ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । उनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र हाल अवस्था मध्यम रहेको बताइएको छ ।

घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासी लाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *