🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आशा र राष्ट्र उत्थान लघुवित्तकाे ३१ असारदेखि एकीकृत कारोबार

काठमाडौ,  २८ असार । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले आइतबार असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोडएले असार २६ गते अन्तिम स्वीकृति दिइसकेको छ । 

आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ । आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ ।